कारको ठक्करबाट दुई महिलाको मृत्यु | Khabarhub Khabarhub

कारको ठक्करबाट दुई महिलाको मृत्यु


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कृष्णनगर– बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा प्रातः भ्रमणमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ ।

गोरुसिङ्गे–अर्घाखाँची सडक खण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले उनीहरूलाई आज बिहान ठक्कर दिएको इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।

कार चालक रूपन्देहीको सैनामैना नगरपालिका –५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । 
 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १० : ३८ बजे

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले

काठमाडौंमा कारको ठक्करबाट बालकको मृत्यु

काठमाडौं– काठमाडौं महानगरपालिका–३१ कात्यायनी चोकमा कारले ठक्कर दिँदा आज एक

सरकारको नीतिका कारण उद्योग व्यापार तंग्रिन नसकेकोले सुधार गर्न उद्योगी व्यवसायीको आग्रह

काठमाडौं– उद्योगी व्यवसायीहरूले सरकारको केही नीतिका कारण अझै पनि उद्योग

सगरमाथा संवादमा आएका भारतीय वनमन्त्रीले भेटे प्रधानमन्त्रीलाई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका वातावरण, वन तथा जलवायु

ऊर्जामन्त्री खड्का र संयुक्त अरब इमिरेट्सका सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र संयुक्त अरब