१० महिनामा दुई अर्ब ६१ करोड राजस्व संकलन « Khabarhub

१० महिनामा दुई अर्ब ६१ करोड राजस्व संकलन


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ६१ करोड ६६ लाख १० हजार राजस्व संकलन गरेको छ । 

गत आवको सोही अवधिको तुलनामा यो नौ दशमलव ५६ प्रतिशतले बढी हो । गत आवमारु दुई अर्ब ३८ करोड ८३ लाख ६४ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । चालु आवमा रु चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य उनले सुनाए। 

गत आवको भन्दा राजस्व संकलन बढेको भए पनि चालु आवको १० महिनाको लक्ष्यको ८३ दशमलव ०३ प्रतिशत मात्रै राजस्व संकलन भएको प्रमुख कर अधिकृत काफ्लेले बताए। कार्यालयले १० महिनामा आयकरबाट एक अर्ब १६ करोड नौ लाख, ब्याजबापत आठ करोड ६५ हजार, मूल्य अभिवृद्धि करबापत ८६ करोड ५४ लाख ९७ हजार, अन्तःशुल्कबापत रु ४७ करोड ४६ लाख ४२ हजार राजस्व संकलन गरेको छ ।

‘कार्यालयले राजस्व संकलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता चुक्ता नगरेका करदाताको बैंक खाता रोक्का, जग्गा पास एवं नामसारी रोक्कालगायत कानुनी कारबाही हुने गरेको छ’, प्रमुख कर अधिकृत काफ्लेले भने।  
 

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १० : ५१ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा