बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत् छन्, समितिको नेतृत्व मात्रै हेरफेर | Khabarhub Khabarhub

बालेनको सचिवालय भन्छ- प्रवक्ता यथावत् छन्, समितिको नेतृत्व मात्रै हेरफेर


२ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रवक्तामा नवीन मानन्धर यथावत् रहेको जनाएको छ ।

महानगरका प्रमुख बालेन्द्र साह (बालेन) ले कार्यपालिकाअन्तर्गत ४ वटा समितिका संयोजकहरू फेरे पनि प्रवक्ता यथावत रहेकाे उनको सचिवालयले जनाएको छ ।

जसमा सूचना प्रविधि समिति संयोजक नवीन मान्नधरलाई हटाएर बालेनले वीरेन्द्र प्रजापतीलाई जिम्मेवारी दिएका थिए । महानगरमा सामान्यत: सूचना प्रविधि समिति संयोजक नै प्रवक्ता हुने परम्परा छ ।

उक्त समितिको संयोजक फेरिँदा प्रवक्ता फेरिएको चर्चा चलेको थियो । तर, महानगरले प्रवक्तामा मानन्धर यथावत रहेको जनाएको छ ।

महानगरका सहायक प्रवक्ता ध्रव काफ्लेले मानन्धरलाई सूचना प्रविधि समिति संयोजकको जिम्मेवारीबाट हटाइएको तर, प्रवक्ता यथावत रहेको बताए । ‘
उहाँ (मानन्धर) महानगरको प्रवक्तामा यथावत हो’, काफ्लेले भने, ‘सूचना प्रविधि समितिमा वीरेन्द्र प्रजापती आउनु भएको छ ।’

बालेनले सुशासन समितिमा ख्यामराज तिवारीलाई हटाएर दलबहादुर कार्कीलाई जिम्मेवारी दिएका छन् । सम्पदा तथा पर्यटन समितिबाट आशामान संगतलाई हटाएर विनोद कुमार राजभण्डारीलाई ल्याएका छन् ।

त्यस्तै, विधायन समिति संयोजकबाट मचाराजा महर्जनलाई हटाएर रोजिना श्रेष्ठलाई दिएका छन् ।

‘काठमाडौँ महानगरपालिका, नगर कार्यपालिका (कार्य सम्पादन) नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका संयोजकको जिम्मेवारी फिर्ता गरेर उपनियम (१) बमोजिम नयाँ संयोजक तोकिएको छ’, महानगरले पत्रमा भनेको छ ।

बोलेनका प्रेस संयोजक सुरेनद्र बजगाईंका अनुसार ३ वर्ष पुगेकाले जिम्मेवारी फेरिएको हो । ‘तीन वर्षसम्म उहाँहरूको काम हेरियो’, बजगाईंले भने, ‘नयाँलाई पनि मौका दिन जिम्मेवारी फेरिएको हो ।’

प्रकाशित मिति : २ जेठ २०८२, शुक्रबार  १ : १५ बजे

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

काठमाडौं – नक्कली सुनको मूर्ति सस्तोमा मिलाइदिने प्रलोभनमा पारी रु

बडिमालिकामा कृषि मेला : रैथाने बाली प्राथमिकतामा

धनगढी – बडीमालिका नगरपालिकाले आफ्नो उत्पादनको प्रबद्धन गर्न बृहत कृषिमेली

गाजाका लाखौं नागरिक विस्थापित, संयुक्त राष्ट्रसङ्घको गम्भीर चिन्ता

एजेन्सी – संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय (ओसीएचए)ले जानकारी

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड

डडेल्धुरा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एनपी साउदले भने : सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन

महोत्तरी – नेपाली कांग्रेसका नेता एनपी साउदले वर्तमान सरकारले जनअपेक्षाअनुरुप