रामजानकी मन्दिरमा बम राखेको हल्ला, सुरक्षा व्यवस्था कडा | Khabarhub Khabarhub

रामजानकी मन्दिरमा बम राखेको हल्ला, सुरक्षा व्यवस्था कडा


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा स्रोतका अनुसार मध्याह्न करिब १२ बजेतिर मन्दिर क्षेत्रमा बम राखेको ‘सूचना’ आएको थियो ।

प्रहरीले अहिले मन्दिरसहित वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

बम राखेको सूचना आएपनि बम भने फेला पर्न नसकेको धुनषा प्रहरी स्रोतले जानकारी दियो ।

प्रहरीले रामजानकी मन्दिरमा बम राखेको विषयमा औपचारिक रुपमा भने कुनै जानकारी दिन मानेको छैन ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  २ : ५४ बजे

पञ्चमी बजारमा रोपिएको नवीन सपना, ‘ऊनको स्वीटर’मा साकार

काठमाडौं – नवीनको जन्म वि‍.सं २०५० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित

स्वास्थ्यमन्त्रीलाई पीडितको प्रश्न- तपाईँहरूलाई मृत्युको पीडाले पनि पोल्दैन ? 

गत सोमबार रामेछाप अस्पतालका निमित्त प्रमुख डा.केशव श्रेष्ठ सामाजिक सञ्जाल

ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती

डुम्रे– जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम

नियमविपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई कारबाही

चितवन–  नियम विपरीत पशु ढुवानी गर्ने ५३ सवारीसाधनलाई पशु क्वारेन्टाइन

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई 

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई-मधेस दू्रतमार्ग