राष्ट्रसंघमा रहेका दुई क्युबाली कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश | Khabarhub Khabarhub

राष्ट्रसंघमा रहेका दुई क्युबाली कूटनीतिज्ञलाई अमेरिका छाड्न आदेश


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङटन– संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघमा रहेका क्युबाका दुई कूटनीतिज्ञलाई अमेरिकाले देश छाड्न आदेश दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका एक प्रवक्ताका अनुसार क्युबाका ती दुई कूटनीतिज्ञ अमेरिकाको राष्ट्रिय हितलाई हानि पुग्ने गतिविधिमा संलग्न रहेको आरोप छ ।

अमेरिकाले अन्य क्युबाली कूटनीतिज्ञको हिँडडुलमा पनि प्रतिबन्धहरू लगाउँदै राष्ट्रसंघको मुख्यालय रहेको परिसरभित्रै रहनुपर्ने उल्लेख गरेको प्रवक्ता मोर्गन ओर्टागुसले बताए ।

क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले अमेरिकाको यो कदम अनुचित भएको बताए । क्युबा यी कूटनीतिज्ञलाई देशनिकाला गर्ने यस कदमबाट तनाव उत्पन्न हुने स्पेनिश भाषामा गरेको ट्वीटमा उनले जनाएका छन् ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता अमेरिकाले क्युबामाथि दबाव बढाउँदै लगेको छ । अमेरिकाले सेप्टेम्बर २०१७ मा क्युबाबाट आफ्ना अधिकांश कूटनीतिज्ञ फिर्ता बोलाएको छ । ट्रम्पले १५ क्युबाली कूटनीतिज्ञलाई पनि अमेरिकाबाट निकालेका छन् ।

क्युबाली कुटनीतिज्ञलाई देश निकाला गर्ने यो पछिल्लो कदम संयुक्त राष्ट्रसंघको न्युयोर्कमा हुन लागेको ७४ औं महासभाको पूर्वसन्ध्यामा गरिएको छ ।

संयुक्त राष्ट्रसंघले जारी गरेको एक विज्ञप्तिमा यस प्रकारको परिस्थिति जारी रहेको र देश निकाला भएको पुष्टि गर्नु बाहेक यस बिषयमा कुनै टिप्पणी नगर्ने जनाएको छ । यस विषयलाई राष्ट्रसंघले नजिकबाट नियालिरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ४ : ०५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने