झुक्किएर पनि घरमा आउनु नदिनुस् यस्ता चिज, पुग्छ ठूलो हानी « Khabarhub

झुक्किएर पनि घरमा आउनु नदिनुस् यस्ता चिज, पुग्छ ठूलो हानी


३ आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वास्तुशास्त्रका अनुसार केही वस्तु र चिज घरमा रहने शुभ र अशुभ हुन जान्छ । यस्ता चिज र वस्तुहरुलाई घरमा राख्ने कि नराख्ने भन्न जान्नका लागि वास्तुशास्त्रबारे ज्ञान हुन जरुरी छ ।

तपाईले घरमा राखिरहेको वा वेवास्ता गरेको केही वस्तु पदार्थका कारण तपाईको घरमा अशान्ति, दुःख, कष्ट पनि भएको हुन सक्छ । त्यसैले घरमा केही वस्तु छ भने त्यसलाई तत्काल हटाउन पर्दछ ।

चमेरो– यदि तपाइको घरमा चमेरो आउँदछ भने त्यसलाई बेवास्ता नगर्नुहोस् । किनकि आफ्नो आफ्नो घरमा चमेरोको प्रवेश हुनु भनेको अशुभ हुनु हो ।

वास्तु शास्त्रअनुसार घरमा चमेरो आउनुको सङ्केत घरका मान्छे घर छोडेर जानु हो । त्यसैले चमेर घरमा प्रवेश गर्न लागेको छ र देख्नु भयो भने त्यसको प्रवेशद्वारलाई बन्द गर्नु उपयुक्त हुन्छ ।

माकुरोको जालो

माकुराको जालो भयो भने घरमा राम्रो हुँदैन भन्ने मान्यता परापूर्व कालदेखि नै चल्दै आएको छ । यदी तपाइको घरमा माकुराले जालो लगाएको छ भने त्यसलाई तत्काल हटाउँनुहोस् । यदी घरमा माकुराले जालो लगाएको छ भने घरमा विभिन्न समस्या र उल्झन आउने र घरमा विवाद लगायत हुने वास्तुशास्त्रमा वर्णन गरिएको छ ।

परेवाको प्वाँख

वास्तु शास्त्र अनुसार घरमा परेवाको प्वाँख हुनु भनेको अशुभ हुनु हो । जसका कारण घरमा विभिन्न किसिमको समस्याहरू उत्पन्न हुने गर्छ । त्यसैले घरमा कहिल्यै पनि परेवाको प्वाँख हुनुहुँदैन ।

अरिगांलको गोलो

यदि तपाइको घरमा अरिगांलले गोलो लगाएको छ भने यसलाई अत्यन्तै अशुभ मानिन्छ । जसले गर्दा ठुलो दुर्घटना निम्तिन सक्दछ । त्यसैले आफ्नो घरमा त्यस किसिमको चिज देखेमा हटाई हाल्नुहोस् ।

घरको भित्ता चर्किनु

के तपाईँ बस्नु भएको घरको भित्ता चर्किएको छ? यदि छ भने त्यसलाई तुरुन्तै मर्मत गरी हाल्नुहोस् । किनकि घरको भित्ता चर्किनु भनेको कुनै नोक्सानीको सङ्केत दिनु हो ।

कालो मुसा

यदी तपाईको घरमा कालो मुसाको संख्या बढेको छ भने त्यो सकारात्मक होइन । यसले घरमा दुख कष्ट आउने संकेत गर्छ ।

कालो कमिला

यदी घरमा कालो कमिलाको प्रवेश वा उपस्थिति छ भने त्यो शुभ संकेत भएको वास्तुशास्त्रले बताउँछ । यदी कालो कमिला प्रवेश गरेको छ भने घरमा सुख शान्ति आउने वर्णन वास्तुशास्त्रमा उल्लेख गरिएको छ । तर रातो कमिला घरमा प्रवेश गरेको छ भने त्यो अशुभ संकेत हो । यसले हानी पु¥याउँछ ।

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार  ४ : ५२ बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा