आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता | Khabarhub Khabarhub

आइपीएल : प्लेअफ दौडबाट बाहिरियो कोलकाता


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

बेंगलुरु – इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत बहुप्रतीक्षित बैङ्गलोर र कोलकाताबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

यससँगै डिफेन्डिङ च्याम्पियन कोलकाता यस सिजनको प्लेअफ दौडबाट बाहिरिएको छ। वर्षाका कारण एक बल पनि नखेलिएको यो खेलले अंक तालिकामा कोलकाताको स्थिति झनै कमजोर बनाएको हो।

खेल रद्द हुँदा दुवै टोलीले १–१ अंक बाँडेका छन्। तर कोलकाताका लागि यो नतिजा पर्याप्त बनेन। कोलकातालाई प्लेअफमा स्थान बनाउनका लागि आजको खेल जित्नै पर्ने दबाब थियो ।

यता बैङ्गलोरका लागि प्लेअफको ढोका अझै खुला छ। आगामी खेलहरू जितेमा शीर्ष चारमा स्थान बनाउने सम्भावना कायमै छ ।

वर्षाले खेल प्रभावित बनेपछि समर्थकहरु निराश भएका छन्। सोसल मिडियामा धेरैले यस्तो महत्वपूर्ण खेलका लागि ‘रिजर्भ डे’ नराखिएकोप्रति आलोचना गरेका छन्।

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  १० : ५५ बजे

सुमनाले छाडिन् रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी

युवाले मागेको भ्रष्टाचार अन्त्य र आर्थिक समानताको पक्षमा अठोट गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आगामी दिनमा युवा पुस्ताको सोचबाट

जेन–जी आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा गरिने

काठमाडौं– अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद

देश शून्यमा पुगेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज देश शून्यमा