तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति « Khabarhub

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै बौद्धस्थित पाँचतारे हयात होटलको ग्राउण्डमा प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरु दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतको प्रस्तुतिले हयात ग्राउण्ड रौनकमय बन्यो ।

नोरा आजमात्रै काठमाडौं उत्रिएकी हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताएकी थिइन् ।

“म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो”, उनले भनेकी थिइन् ।

उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य भने शुक्रबार नै नेपाल आइसकेका थिए ।शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ कार्यक्रम आयोजना भएको हो ।

नोरा आइतबार बिहान भारत फर्किने कार्यक्रम छ । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ ।नोराका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ११ : ३२ बजे

काभ्रे पुगेर गगनले भने- कसैको शिर झुक्न दिने छैन  

काठमाडौं–  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो कारणले पार्टीका एकजनाको

सर्वोच्चको अवस्थाप्रति बारको सांकेतिक विरोध, मंगलबार  दिउँसो लालटिन बालिने

काठमाडौं– नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विकसित पछिल्ला घटनाक्रम र

विरोधपछि गैरआवसीय ३६ चिकित्सकको लाइसेन्स खारेज निर्णय स्थगित

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले गैरआवसीय ३६ जना चिकित्सकको लाइसेन्स खारेज

वर्षा नहुँदा बिपी राजमार्गको पूर्वाधार निर्माणमा सहजता

काभ्रेपलाञ्चोक– पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको पुनः निर्माणमा हाल केही

मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार समिति

टीकापुर– टीकापुर नगरपालिका–८ मा मौसमी रोगबाट बच्न टोलटोलमा स्वास्थ्य सरोकार