तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति « Khabarhub

तस्बिरमा हेर्नुहोस् हायात ग्राउन्डमा नोराको प्रस्तुति


३ जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारतीय अभिनेत्री तथा नृत्यांगना नोरा फतेहीले नेपाली कलाकारहरुसँगै बौद्धस्थित पाँचतारे हयात होटलको ग्राउण्डमा प्रस्तुति दिएकी छन् । नोरासँगै नेपाली कलाकारहरु दुर्गेश थापा, तेरिया फौजा मगर, समर्पण लामा लगायतको प्रस्तुतिले हयात ग्राउण्ड रौनकमय बन्यो ।

नोरा आजमात्रै काठमाडौं उत्रिएकी हुन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उनले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताएकी थिइन् ।

“म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी गरिसकेका छौँ, नेपालीलाई प्रत्यक्ष भेटेर मनोरञ्जन दिने उद्देश्यले म नेपाल आइपुगेकी हुँ । यो मेरो पहिलो नेपाल भ्रमण हो”, उनले भनेकी थिइन् ।

उनको नृत्य टोलीमा रहेका अन्य २३ सदस्य भने शुक्रबार नै नेपाल आइसकेका थिए ।शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ कार्यक्रम आयोजना भएको हो ।

नोरा आइतबार बिहान भारत फर्किने कार्यक्रम छ । इभेन्टको व्यवस्थापन मनु मिडिया प्रालिले गरेको छ ।नोराका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत भारतसँगै नेपालमा पनि लोकप्रिय छन् ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ जेठ २०८२, शनिबार  ११ : ३२ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा