भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने | Khabarhub Khabarhub

भ्रष्टाचार मुद्दामा अख्तियारको छानबिनमा तानिएकी मञ्जुले भैरहवा विमानस्थलको भ्रष्टाचार खोज्ने


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले बस्न अस्वीकार गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणबारे भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति संयोजकमा नेपाली कांग्रेसकी सांसद मञ्जु खाणलाई तोकिएको छ।

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसअघि भट्टराईलाई संयोजकको जिम्मेवारी दिएको थियो । तर भट्टराईले अस्वीकार गरेपछि संयोजकमा खाँणको इन्ट्री भएको हो ।

आइतबार सिंहदरबारमा बसेको उपसमितिको बैठकले खाणलाई संयोजक चयन बनाएको मितिका सचिव तथा संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । पूर्वपर्यटनमन्त्री भट्टराईले आफूमाथि प्रश्न उठेको अवस्थामा संयोजकको भूमिका निर्वाह गर्न नसक्ने बताएका थिए ।

लेखा समिति सभापति ऋषिकेश पोखरेलले यसअघिको बैठकमा एमाले सांसद अच्युतप्रसाद मैनालीको नाम प्रस्ताव गरेका थिए । तर सहमति नभएपछि आइतबारको उपसमिति बैठकले खाँणलाई संयोजक बनाएको हो ।

खाँण संयोजक रहेको यो उपसमिति सदस्यमा एमालेका भट्टराई, सराज अहमद फारूकी र अच्युतप्रसाद मैनाली, कांग्रेसका श्यामकुमार घिमिरे अटाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे र स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि उपसमितिमा छन् ।

राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदा त्रुटि भेटिएको उजुरी परेको जनाउँदै संसदीय समितिले छानबिनका लागि उपसमिति बनाएको थियो ।

उता राप्रपा अध्यक्ष एम्व सांसद राजेन्द्र लिङदेनको संयोजकत्वमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेको समितिले प्रतिवेदन बुझाइसेको छ।

त्यस उपसमितिले पोखरा विमानस्थल निर्माणका क्रममा १० अर्ब भ्रष्टाचार भएको प्रतिवेदन दिएको छ । उपसमितिले यसअघि नै हिनामिनामा संलग्नलाई कारबाही सिफारिससहित प्रतिवेदन लेखा समितिलाई बुझाइसकेको छ ।

भैरहवा विमानस्थल निर्माणका क्रममा २२ सय घरधुरीलाई २३ अर्ब रुपैयाँ मुआब्जा बाँडिएको थियो । मुआब्जा वितरणकै बेलादेखि यहाँ हिनामिना भएको आशंका छ । भैरहवा विमानस्थलको सुरुवाती लागत अनुमान ६ अर्ब २२ करोड रुपैयाँ थियो । तर निर्माण पूरा हुँदा बढेर ८ अर्ब ८२ करोड रुपैयाँ पुगेको थियो ।

मञ्जु नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणकी पत्नी हुन् । खाँण आफैं नक्कली शरणार्थी प्रकरणमा जेल चलान भएर छुटेका व्यक्ति हुन् ।

मञ्जु पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकी थिइन् । खाँण र एमाले सचिव टोपबहादुर रायमाझी उक्त प्रकरणमा ठगी र राज्यविरुद्धको कसुरमा जोडिँदा मञ्जुमाथि पनि अनुसन्धान भएको थियो ।

उनी त्यसबेला लामो समय संसद्मा समेत देखिइनन् । नक्कली शरणार्थी प्रकरणमा बालकृष्ण र मञ्जु दुवैमाथि अख्तियारले छानबिन गरेको थियो । २०७९ को निर्वाचनमा खाँण रुपन्देहीमा हार्न पुग्दा पनि पत्नी मञ्जुलाई समानुपातिक सांसद बनाएका थिए । अहिले उनै मञ्जुले अब भ्रष्टाचारको छानबिनको जिम्मा पाएकी छन् ।

नक्कली शरणार्थी प्रकरणमा सार्वजनिक एक अडियो रेकर्डिङमा मञ्जु खाँणलाई ६ करोड रुपैयाँ दिएको दाबी गरिएको थियो । उक्त अडियोमा एक पीडित र गिरोहका सदस्यबीचको संवाद रहेको बताइएको थियो । जसमा मञ्जु खाँण र आरजु राणा देउवालाई रकम दिइएको बताइएको थियो ।

तर मञ्जु खाँणको सचिवालयले उक्त अडियो रेकर्डलाई नक्कली भन्दै खण्डन गरेको थियो । उनीहरूले प्रेस काउन्सिलमा उजुरी दर्ता गराई कारबाहीको मागसमेत गरेका थिए ।

यस प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहसचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरू पनि मुछिएर अहिले जेलमा छन् ।

मञ्जुको नाम नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिए पनि हालसम्म उनीविरुद्ध ठोस प्रमाण सार्वजनिक भएको छैन । तर उनीमाथि राज्यका निकायले अनुसन्धान र निगारी गरिरहेका थिए । अख्तियार र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसहितले यसबारेमा अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  ८ : ०५ बजे

सिंगो बस्तीको एउटा मात्रै शौचालय

गोरखा – दिपासा विक हरेक दिन बिहान हातमा लोटा लिएर

बंगलादेशलाई हराउँदै भारतले जित्यो साफ यु–१९ को उपाधि

काठमाडौं – भारतले साफ यु–१९ च्याम्पियनसिप २०२५ को उपाधि जितेको

‘मिथ्या सूचनाको बाढी’ ल्याएका भारतीय मिडियाले ‘युद्धको उत्सव मनाएर तमासा देखाए’

काठमाडौं– भारतीय टेलिभिजनका समाचार कार्यक्रम भन्नेबित्तिकै आममान्छेको दिमागमा के आउला

सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँचजना पक्राउ

सिरहा – सिरहाबाट प्रहरीले ठूलो परिमाणमा नगद र लागुऔषधसहित पाँचजना

करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो

सर्लाही – काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको