आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ ५ गते सोमबारको राशिफल


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ५ गते सोमबार। जेठ कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ मे १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : भाग्यको उदय हुने दिन छ। खर्च बढ्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष : तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। उपचारमा भए स्वास्थ्यमा व्यापक सुधार हुनेछ। तपाईंको प्रतिभाले समाजमा चर्चा पाउनेछ।

मिथुन : तपाईंको बोली बिक्ने दिन छ। महत्त्वपूर्ण ठाउँमा तपाईंको तर्कमाथि बहस हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको साथमा रमाइलो घुमघाम हुनेछ।

कर्कट : परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतबाट फाइदा हुनेछ। लगानी गर्ने हिम्मत गर्दा नाफा आर्जन हुनेछ। विपक्षी साथी सक्रिय भएकाले सचेत बन्नु राम्रो हुनेछ।

सिंह : चिन्ता बढ्ने दिन छ। आफ्नै कारणले व्यवहारमा समस्या आइपर्नेछ। परिवारसँग सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। आफन्तको भने साथ र सहयोग मिल्नेछ।

कन्या : दिन राम्रो छ। कृषि उपजको व्यापारमा राम्रो आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदन हुनेछ। विपक्षी साथी शान्त भएकाले दिन सहज बन्नेछ।

तुला : स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने छ। लगानी गर्नु अगाडि विवेक प्रयोग गर्नु उचित हुनेछ। आफ्नो निर्णय आफैं गर्न नसक्दा सचेत बन्नुपर्नेछ।

वृश्चिक : दाजुभाइसँगको सहकार्यबाट फाइदा हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। शत्रु बढ्ने भएकाले सचेत बन्नुपर्नेछ।

धनु : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। आफन्तसँग जोगिएर काम गर्नुपर्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा संकट टर्नेछ।

मकर : आज तपाईंको मन प्रशन्न बन्नेछ। दैनिक काममा उत्साह बढ्नेछ। इज्जत र कुर्सी जोगाउन सम्पत्ति खर्च भए पनि तपाईंको नामको चर्चा हुनेछ। विपक्षी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। व्यापारीसँग व्यवहार गर्दा सचेत बन्नुपर्ने दिन छ। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए निजी क्षेत्रबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : तपाईंको राशिमा शनि पुगेका छन्। यो मध्यसाढेसातीको प्रभाव हो। काम गर्दा हठ त्याग्नु राम्रो हुनेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ०३ बजे

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति

मतदाता फकाउँदै रविले भने : रास्वपाले व्यापारी बोक्दैन, हाम्रा सांसद खराब परे बीचमै फिर्ता बोलाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस पटक निर्वाचित