रोमानिया निर्वाचन : रुस विरोधी निकोसार राष्ट्रपतिमा निर्वाचित | Khabarhub Khabarhub

रोमानिया निर्वाचन : रुस विरोधी निकोसार राष्ट्रपतिमा निर्वाचित


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

रोमानिया – धेरै महिनाको राजनीतिक अशान्तिपछि रोमानियामा भएको राष्ट्रपति पदको निर्वाचनमा लिबरल पार्टीका निकोसोर डान निर्वाचित भएका छन्।

गत वर्ष भएको निर्वाचन रुसी हस्तक्षेप भन्दै खारेज भएको भन्दै रोमानियाका आक्रोशित मतदाताले पहिलो चरणमा अति दक्षिण पन्थी एयुआर पार्टीका जर्ज साइमनलाई जिताएका थिए।

अन्तिम चरणको निर्वाचनमा नरम बोली भएका डानले ५५ प्रतिशत मत पाउँदै पहिलो स्थानमा आफूलाई सुरक्षित गरेका हुन्। जितपछि सम्बोधन गर्दै उनले मतदानको दौरान जे भए पनि अब सबै मिलेर रोमानियालाई अघि बढाउनु आवश्यक रहेको बताए।

आइतबार भएको निर्वाचनमा एक करोड १६ लाखले मतदान गरेका थिए। यी मध्य ६० लाख मत पाएपछि डानको राष्ट्रपति पद पक्का भएको हो। उनले पाएको मत सङ्ख्या राष्ट्रपति हुनका लागि पर्याप्त भएपछि राति नै विजय जुलुस निकालिएको छ।

निकोसोर युक्रेनलाई सहयोग जारी राख्ने पक्षमा छन् भने साइमन युक्रेनलाई गरेको सहयोग रोक्का गर्ने पक्षमा छन्। ‘रसिया नबिर्स। रुस तिमीहरूको होइन,’विजय जुलुसमा नारा लगाइएको थियो।

गत वर्ष भएको पहिलो चरणको निर्वाचनमा कालिन जर्जेस्कुले सफलता पाएका थिए। सो निर्वाचनमा रुसी हस्तक्षेप भएको भन्दै परिणाम खारेज हुनुका साथै उनलाई फेरि उम्मेदवार हुन बञ्चित गरिएको थियो। उनको समर्थन यस पटक साइमनलाई थियो।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ८ : ०० बजे

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

ओमानविरुद्ध गुल्शनले लिए लगातार दुई विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

एएफसी यू–१७ एसियन कप छनोटः नेपाल र तुर्कमेनिस्तानबीचको खेल बराबरीमा

काठमाडौं – एएफसी यू–१७ महिला एसियन कप छनोटको आफनो पहिलो

नेपाल टी–२० विश्वकपमा छनोट भएपछि भारतीय दूतावास र आईपीएल टिमहरूको बधाई

काठमाडौं– भारत र श्रीलंकामा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप

नेपालले लियो ओमानको तेस्रो विकेट

काठमाडौ– आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको