कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानको लक्ष्य : कुलपति हार्तम्छाली « Khabarhub

कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानको लक्ष्य : कुलपति हार्तम्छाली


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

टक्सार– नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले विद्यमान कलाका सबै विधाको विकास गर्ने प्रतिष्ठानले लक्ष्य लिएको बताएका छन् । 

भोजपुर नगरपालिकासँगको सहकार्यमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले जिल्ला सदरमुकाममा आज आयोजना गरेको एक दिवसीय गोष्ठीमा कुलपति हार्तम्छालीले प्रतिष्ठानको स्थापना, उद्देश्य, गर्दै आइरहेका कार्यहरू, समस्या र चुनौतीका विषयमा सहभागीलाई जानकारी गराएका थिए । 

चित्रकला, परम्परागत, शिल्पकला, लोककला, हस्तकला, वास्तुकला, वैकल्पिक तथा अन्य सृजनात्मक कलाका लागि प्रतिष्ठानमा विभिन्न विभागहरू समेत गठन भएको उनले बताए । रैथाने कलाको संरक्षण र संवर्द्धन जरुरी रहेकोमा उनले जोड दिए । 

भोजपुर नगरपालिकाका प्रमुख कैलाशकुमार आलेले ललितकलालाई प्रोत्साहन जरुरी रहेको बताउँदै गुरुयोजना निर्माणमा ध्यान नदिँदा घरेलु उद्योग धराशायी बन्दै गएको बताए । 

संस्थागत रुपमा आफ्ना मागहरू राख्न व्यवसायीलाई आग्रह गर्दै नगर प्रमुख आलेले उत्पादनसँगै बजारीकरणका लागि सरकारले सुनिश्चित गर्नसकेमा हस्तकलाकर्मीहरूलाई प्रोत्साहन हुने धारणा राखे । 

प्रतिष्ठानका प्राज्ञ सञ्जय वान्तवाले लोप भएका रैथाने कलाको संरक्षण र संवर्द्धन जरुरी रहेको बताउँदै पुराना कलाहरूको संरक्षण र संवर्द्धनमा सबैको ध्यान केन्द्रित गर्न जरुरी रहेको बताए ।

भोजपुरका परम्परागत कला कौशलहरूका विषयबारे तीर्थराज मुकारुङ राई र घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले तयार पार्नुभएको कार्यपत्र प्रस्तुत गरिएको थियो । 

कार्यपत्रमा जिल्लामा चलेका परम्परागत कला कौशलहरू र पछिल्लो समयमा हस्तकलाका सामग्रीको खस्कँदो अवस्थाका बारेमा उल्लेख गरिएको थियो । कार्यपत्रमाथि पेसागत महासङ्घका अध्यक्ष योगराज लुइँटेलले टिप्पणी गरे । 

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका हस्तकला विभाग प्रमुख प्राज्ञ अरुणा हिङ्माङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठान पदाधिकारी, नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, विभिन्न घरेलु व्यवसायी, धातु व्यवसायी, कालीगढ, उद्योगी व्यवसायी, महिला, पत्रकारलगायतको सहभागिता थियो ।  –रासस
 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ६ : २४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना