आज २०८२ साल जेठ ७ गते बुधबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल जेठ ७ गते बुधबारको राशिफल


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ ७ गते बुधबार। जेठ कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२५ मे २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले अवरोध हुनसक्ने जोखिम छ।

वृष : स्वास्थ्यमा सुधार हुनेछ। डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना अगाडि बढ्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शिक्षामा प्रगति हुनेछ। बोल्दा तीन पटक सोच्नुपर्नेछ। बोली परोपकारमा प्रयोग गर्नुपर्ने समय छ। साथीको साथ मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ। साथीभाइ विपक्षी कित्तामा पुगेकाले सचेत बनेर काम गर्नुपर्नेछ। आफ्नै कामबाट असन्तुष्टि बढ्ने जोखिम छ। बौद्धिक व्यक्तिको संगत गरेमा काम बन्ने योग छ।

सिंह : परिवारसँग घुमघामको अवसर मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। सानो कुराले मन अशान्त बन्ने जोखिम छ। आज दीर्घकालीन योजना अगाडि नबढाउनु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्राप्त सेवाको अवसरको सदुपयोग गरेमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी साथी शान्त रहेकाले तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। आफ्नो सन्तुष्टि अनुसार नै व्यवहार अगाडि बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।

धनु : जुनसुकै काम गरे पनि सहकार्यमा अगाडि बढाउनु उचित हुन्छ। व्यक्तिगत ढंगले अगाडि नबढ्नु उचित हुनेछ। मन खिन्न हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मकर : धनलक्ष्मी योग परेको छ। प्राप्त सम्पत्ति सदुपयोग गर्नु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा क्षेत्रमा गरेको अध्ययनले उचित स्थान पाउने दिन छ। परिवारमा मनमुटावको जोखिम छ।

कुम्भ : दिन राम्रो छ। मन प्रफुल्ल बन्नेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। औषधी नियमित गर्न नसक्दा रोग बढ्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा दिन सहज बन्नेछ।

मीन : सञ्चित धन खर्च हुने दिन छ। शरीरमा आलश्यता बढ्नेछ। काममा ढिलासुस्ती हुने जोखिम हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ५ : ०३ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं