बार्सिलोनाका युवा स्टार अन्सु फातीले पाए स्पेनको नागरिकता « Khabarhub

बार्सिलोनाका युवा स्टार अन्सु फातीले पाए स्पेनको नागरिकता


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाका युवा स्टार अन्सु फातीले स्पेनको नागरिकता प्राप्त गरेका छन् ।

स्पेनको नागरिकता पाएसँगै फरवार्ड फातीले स्पेनबाट अन्तराष्ट्रिय फुटबल खेल्ने बाटो खुलेको छ । अफ्रिकी मुलुक गिनीया बिसाउमा जन्मिएका फाती ६ वर्षको हुँदा स्पेनको सेभिया बसाई सरेका थिए ।

स्पेनमा १० वर्ष बिताएपछि उनले स्पेनको नागरिकताको लागि दाबी गरेका थिए । स्पेनको नागरिकता पक्का भएसँगै १६ वर्षे फातीले यू-१७ विश्वकपमा स्पेनको टिममा पर्ने सम्भावना छ ।

यसै सिजन बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका फातीले सनसनी प्रदर्शन गरिरहेका छन् । स्पेनिस ला लिगामा उनले ३ खेलमा २ गोल गरिसकेका छन् ।

यस्तै च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बोरुसिया डर्टमण्डविरुद्ध मैदान उतर्दै फाती सर्वाधिक कम उमेरमा डेब्यु गर्ने बार्सिलोनाका पहिलो खेलाडी समेत बनेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ७ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन