विशाल कार्य : पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि | Khabarhub Khabarhub

विशाल कार्य : पाकिस्तानमा क्षयरोग लागेका हात्तीका लागि दैनिक ४०० चक्की औषधि


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

कराची– पाकिस्तानमा चिकित्सक र पशु चिकित्सकहरूको एक टोलीले क्षयरोग (टिबी) बाट ग्रसित दुई हात्तीका लागि एक नवीन उपचार विकास गरेको छ, जसमा ती हात्तीलाई दैनिक कम्तीमा चार सय चक्की औषधि खुवाइन्छ ।

कराची सफारी पार्कका कर्मचारीहरूद्वारा गरिएको यो विशाल प्रयासमा मानव क्षयरोग उपचारमा प्रयोग हुने समान यी चक्की औषधि स्याउ र केरादेखि पाकिस्तानी मिठाईहरूसम्म विभिन्न खानामा लुकाएर खुवाइन्छ ।

औषधिको मात्रा चार हजार किलोग्राम (आठ हजार आठ सय पाउन्ड) तौल भएका हात्तीहरूको वजनअनुसार समायोजन गरिएको छ ।

तर मधुबाला र मलिकालाई उपचारमा बस्न केही हप्ता लागेको छ, किनकि उनीहरूले पहिले चाखेका तीतो औषधिका केही मात्रा थुकिदिए र रिसाएर आफ्ना हेरचाहकर्ताहरूमाथि आक्रमण गरे ।

‘हात्तीलाई क्षयरोगको उपचार गर्नु सधैँ चुनौतीपूर्ण हुन्छ । प्रत्येक दिन हामी विभिन्न विधिहरू प्रयोग गर्दछौँ’, उपचारका लागि श्रीलङ्काका पशु चिकित्सक बुद्धिका बन्दाराले भने ।

‘जनावरहरूले सुरुमा केही तनाव देखाए, तर विस्तारै तिनीहरू प्रक्रियामा अनुकूल भए’, श्रीलङ्कामा एक दर्जनभन्दा बढी हात्तीलाई रोगबाट निको हुन मद्दत गर्नुभएका बन्दाराले भने ।

माहुते अली बलोच चामल र दाल पकाउनका लागि दैनिक बिहान उठ्छन्, धेरै उखु मोलासिस मिसाएर र औषधिको चक्कीले छोपिएका दर्जनौँ बलमा मिश्रण गर्छन् । 

‘मलाई थाहा छ चक्कीहरू तीतो छन्’, हात्तीहरू शीतल रहनका लागि पाइपबाट पानी खेल्दै गरेको हेर्दै २२ वर्षीय माहुतेले भने ।

– मानवबाट हात्तीमा –

तान्जानियाको जङ्गलमा निकै सानो उमेरमा समातिएका चार अफ्रिकी हात्ती सन् २००९ मा कराची आइपुगेका थिए ।

नूर जहाँको सन् २०२३ मा १७ वर्षको उमेरमा र अर्को सोनियाको सन् २०२४ को अन्त्यमा मृत्यु भयो । एउटा शवपरीक्षणले उनलाई क्षयरोग भएको देखाएको थियो । यो पाकिस्तानमा स्थानीय रोग हो ।

मधुबाला र मलिकामा गरिएको परीक्षण पनि सकारात्मक आयो र सफारी पार्कको स्वामित्व राख्ने नगर परिषद्ले हात्तीहरूको हेरचाह गर्न टोली गठन गर्‍यो ।

बन्दाराका अनुसार हात्तीलाई मानिसबाट सङ्क्रामक रोग लाग्नु असामान्य कुरा होइन, तर सोनियामा–र अहिले मधुबाला र मलिकामा–कुनै लक्षण देखिएको थिएन ।

‘हात्तीलाई क्षयरोग भएको कुरा मेरा लागि अचम्मको कुरा थियो’, कर्मचारीहरूको निगरानी गर्न भर्ना भएका इन्डस अस्पताल र हेल्थ नेटवर्कको सङ्क्रामक रोग विभागका प्रमुख नसीम सलाहुद्दीनले भने, ‘यो मेरो र मेरा विद्यार्थीहरूका लागि एउटा रोचक केस हो–सबैजना प्रक्रिया र यसको प्रगतिका बारेमा जान्न चाहन्छन् ।’

वार्षिक पाँच लाखभन्दा बढी मानिसलाई सङ्क्रमित गर्ने क्षयरोगबाट बच्नका लागि हात्तीहरूलाई खाना खुवाइरहेका चार माहुतेको टोलीले अनुहारमा मास्क र स्क्रब लगाउँछन् ।

कराची सफारी पार्कलाई लामो समयदेखि बन्दी जनावरहरूको दुर्व्यवहारका लागि आलोचना गरिँदै आएको छ । यसमा अमेरिकी गायक चेरको अभियानपछि निकालिएको हात्ती पनि सामेल छ तर यसका अन्तिम दुई हात्तीले एक वर्ष लामो उपचार योजनाका साथ रोगलाई पार लगाउनेछन् भन्ने आशा छ । –रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १ : ३४ बजे

काठमाडौं महानगरको ‘सिप मेला २०८२’ सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८२’ का कार्यक्रम

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

काठमाडौं – प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको

अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौं – सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम