सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार गर्ने प्रहरी पुरस्कृत | Khabarhub Khabarhub

सुत्केरी व्यथाले छट्पटिएकी महिलाको उद्धार गर्ने प्रहरी पुरस्कृत


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई सुरक्षित प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीले बुधबार प्रहरी जवान चन्द्रिका देउवालाई प्रशंसा पत्र र रेकर्डमा जानिने गरी पुरस्कृत गरेको हो ।

 कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बालनरसिंह राणाले जवान देउवालाई प्रशंसा पत्रसहित पुरस्कृत गरेका हुन् । 

सम्मान कार्यक्रममा एसपी राणाले आफूले हरेक प्रहरी सम्मान होस् भन्ने चाहेको बताए । ‘हरेक प्रहरीले आफ्नो कार्यक्षेत्रमा यसरी नै पुरस्कृत भएको हेर्न चाहन्छु,’ उनले भने, ‘प्रहरीको व्यवहार र आचरणले सेवाग्राहीको मन जित्न सकिन्छ भन्ने उदाहरण हो ।’

एसपी राणाले प्रहरी चौकी खैरानामा कार्यरत प्रहरी जवान देउवाले सडकमा छट्पटिरहेको अवस्थामा गर्भवती महिलालाई सुरक्षित प्रसूति गराउन सघाएर सुरक्षित रूपमा अस्पतालसम्म पुर्‍याएर उत्कृष्ट कार्य गरेकाले पुरस्कृत गरिएको बताए ।

प्रहरी जवान देउवाले मंगलबार गोदावरी नगरपालिका–१ को बसन्तपुरमा सडकमा छटपटाइरहेको अवस्थामा भेटिएकी बझाङको थलारा गाउँपालिकाकी चन्द्रा आचार्यलाई प्रसूति हुन सघाएकी थिइन् ।

देउवाकै सहयोगमा उनलाई सुरक्षित रूपमा अत्तरियास्थित पद्मा अस्पताल पुर्‍याएको थियो । देउवालाई सम्मान गर्दै एसपी राणाले संगठनमा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत र गलत गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १ : २७ बजे

काठमाडौं महानगरको ‘सिप मेला २०८२’ सुरु

काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि ‘सिप मेला २०८२’ का कार्यक्रम

बिहीबार उपस्थित हुनेगरी छुटे सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज

पोखरा विमानस्थल निर्माणबारे छानबिन गर्न अख्तियारलाई पत्राचार

काठमाडौं – प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल

डा. डीआर उपाध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपध्यायको

अधिकतम खुद्रा बिक्री मूल्य तोक्न कडाइ

काठमाडौं – सरकारले सबै उपभोग्य वस्तु तथा सेवा क्षेत्रमा अधिकतम