भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार « Khabarhub

भारततर्फ विद्युत् निर्यात सुरू, ऊर्जामन्त्री भन्छन्- लोडसेडिङको हल्ला निराधार


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘लोडसेडिङ भयो’ भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला आधारहीन भएको बताएका छन् ।

मन्त्री खड्काले अहिले नेपालको विद्युत् उत्पादन बढेसँगै आन्तरिक माग पूरा गरी बुधबारदेखि भारततर्फ निर्यात सुरू भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले नेपालको आन्तरिक माग पूरा गरेपछि भारततर्फ निर्यात सुरू गरिएको बताए ।

उनले भारतबाट ३५० मेगावाट विद्युत आयात भइरहेको अवस्थामा वर्षा लागेसँगै उत्पादन बढेर आयात रोकेर निर्यात थालिएको बताए ।

मन्त्री खड्काले हिउँदमा उत्पादन घटेका बेला करिब एक हजार ५५ मेगावाटसम्म विद्युत् भारतबाट आयात गरिएको उल्लेख गरे ।

तर अहिले उत्पादन बढेपछि सर्वसाधारण र उद्योगलाई समेत पर्याप्त विद्युत् पुग्नेगरी आपूर्ति भइरहेको उनले बताए ।

मंगलबार मध्यरातदेखि भारतमा १५० मेगावाट विद्युत बिक्री गरिएको मन्त्री खड्काले बताए ।

पछिल्लो समय देशमा लोडसेडिङ भएको भन्ने हल्लाबारे गम्भीर आपत्ति जनाउँदै यसलाई नियोजित भ्रम फैलाउने अभियानको संज्ञा खड्काले दिए।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ४२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु