नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण « Khabarhub

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल आरोहण गरेको छ । संयुक्त आरोहण अभियान टोलीले यही जेठ ५ र ६ गते कञ्चनजङ्घा हिमाल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

दुई वटा समूहमा भएको उक्त आरोहणमा नेपाली सेनाका सेनानी गजेन्द्र देउवाको नेतृत्वमा १० र भारतीय सेनाका कर्नेल सर्फराज सिंहको नेतृत्वमा पाँच गरी १५ जना सहभागी थिए । 

सेनाद्वारा हिमाली क्षेत्रको सरसफाइ

पर्यावरण संरक्षणमा टेवा पुर्‍याउनुका साथै हिमाली क्षेत्रमा सरसफाइको महत्वका बारेमा स्थानीयलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेनाले सरसफाइ गरेको छ ।

यही जेठ ३ गते नेपाली सेना अन्तर्गत मुस्ताङ जिल्लामा तैनाथ श्री सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले थोराङ पास इलाकामा छरिएर रहेका ३५० केजी (३७ बोरा) फोहर सङ्कलन गरी अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) जोमसोमलाई हस्तान्तरण गरेको छ ।

त्यसैगरी, गत वैशाख २६ गतेदेखि आजसम्म सोलुखुम्बुमा सेनाले अभ्यास शिखर यात्रा सञ्चालन गरी गोरक्सेप, दिङबोचे, पाङ्बोचे, कालापत्थर क्षेत्रमा सरसफाइ गर्नुका साथै स्थानीयको उपस्थितिमा सचेतनामूलक कार्यक्रमसमेत गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सेनाले पाङबोचे र दिङबोचे क्षेत्रमा जम्मा भएको करिब ५०० केजी फोहरलाई स–साना टुक्रा बनाई ढुवानी गर्न सहज बनाउनुका साथै पाङबोचे र नाम्चेमा रहेको करिब १०० केजी फोहर लुक्लासम्म ढुवानी गरी सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको छ । –रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै