नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण « Khabarhub

नेपाली र भारतीय सेनाको संयुक्त टोलीद्वारा कञ्चनजङ्घा हिमाल आरोहण


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली र भारतीय सेनाको संयुक्त टोलीले कञ्चनजङ्घा हिमाल आरोहण गरेको छ । संयुक्त आरोहण अभियान टोलीले यही जेठ ५ र ६ गते कञ्चनजङ्घा हिमाल आरोहण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

दुई वटा समूहमा भएको उक्त आरोहणमा नेपाली सेनाका सेनानी गजेन्द्र देउवाको नेतृत्वमा १० र भारतीय सेनाका कर्नेल सर्फराज सिंहको नेतृत्वमा पाँच गरी १५ जना सहभागी थिए । 

सेनाद्वारा हिमाली क्षेत्रको सरसफाइ

पर्यावरण संरक्षणमा टेवा पुर्‍याउनुका साथै हिमाली क्षेत्रमा सरसफाइको महत्वका बारेमा स्थानीयलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सेनाले सरसफाइ गरेको छ ।

यही जेठ ३ गते नेपाली सेना अन्तर्गत मुस्ताङ जिल्लामा तैनाथ श्री सैनिक उच्च शिखर शिक्षालयबाट खटिएको टोलीले थोराङ पास इलाकामा छरिएर रहेका ३५० केजी (३७ बोरा) फोहर सङ्कलन गरी अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) जोमसोमलाई हस्तान्तरण गरेको छ ।

त्यसैगरी, गत वैशाख २६ गतेदेखि आजसम्म सोलुखुम्बुमा सेनाले अभ्यास शिखर यात्रा सञ्चालन गरी गोरक्सेप, दिङबोचे, पाङ्बोचे, कालापत्थर क्षेत्रमा सरसफाइ गर्नुका साथै स्थानीयको उपस्थितिमा सचेतनामूलक कार्यक्रमसमेत गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

सेनाले पाङबोचे र दिङबोचे क्षेत्रमा जम्मा भएको करिब ५०० केजी फोहरलाई स–साना टुक्रा बनाई ढुवानी गर्न सहज बनाउनुका साथै पाङबोचे र नाम्चेमा रहेको करिब १०० केजी फोहर लुक्लासम्म ढुवानी गरी सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको छ । –रासस

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ५६ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको