ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन् | Khabarhub Khabarhub

ऊर्जामन्त्रीको गुनासो- बत्ती गयो भन्दै मध्यराति विदेशबाट फोन गरेर हैरान बनाउँछन्


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मध्यरातको समयमा बत्ती गयो भन्दै विदेशबाट फोन गरेर हैरान पारेको गुनासो गरेका छन् ।

प्रतिनिधिसभा पूर्वाधार विकास समितिको बुधबार बसेको बैठकमा बोल्दै मन्त्री खड्काले विदेशमा रहेका केही व्यक्तिहरूले रातको समयमा पटक–पटक फोन गरी ‘हामीकहाँ बत्ती गयो’ भन्दै गुनासो गर्ने गरेको अनुभव सुनाए ।

तर त्यसरी विदेशबाट बत्ती गयो भन्दै आउने फोनमा कुनै तथ्य नपाइएको पनि उनले बताए ।

उनका अनुसार देशका सबै ठाउँमा नियमित आपूर्ति भइरहेको छ । ‘बत्ती जानु भनेको लोडसेडिङ नभएर मर्मतसम्भार तथा हावाहुरीका कारण पोल ढल्ने, तार चुँडिनेजस्ता प्राविधिक कारणबाट भएको हो ।’

‘विदेशबाट राति १२ बजे पनि फोन आउँछ, बारम्बार एउटै नम्बरबाट । बत्ती गयो भन्ने गुनासो गर्छन्’, उनले भने, ‘तर हामीले जब त्यस स्थानमा जाँच गर्छौं, बत्ती नियमित रहेको पाउँछौँ । यसरी नियोजित ढंगले भ्रम फैलाउने काम भइरहेको छ ।’

मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरणले यदि कहीँ विद्युत् अवरुद्ध भएमा त्यसको स्पष्ट सूचना दिने अभ्यास गर्दै आएको उल्लेख गरे ।

लोडसेडिङ जस्तो स्थिति उत्पादन कमीका कारण कतै पनि नरहेको उनले जिकिर गरे। ‘हामीसँग अहिले विद्युत् उत्पादन, आवश्यकताभन्दा बढी छ, त्यसैले निर्यात भइरहेको छ। यस्तो अवस्थामा लोडसेडिङ भएको भन्ने कुरा सरासर गलत हो’, उनले भने ।

मन्त्री खड्काका अनुसार विगतका वर्षहरूमा पनि वर्षको ७ सय घण्टासम्म प्राविधिक कारणले विद्युत् आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने गरेको थियो ।
कहिले हावाहुरीले पोल ढल्ने, कहिले मर्मतकै क्रममा लाइन काटिने, कहिले मानवीय त्रुटीका कारण पनि विद्युत् अवरुद्ध हुने गरेका उदाहरण उनले प्रस्तुत गरे।

मन्त्री खड्काले आगामी दिनमा आन्तरिक विद्युत् खपत तीव्र रूपमा बढ्ने प्रक्षेपण गर्दै उत्पादन अझ बढाउने योजना रहेको बताए।

उनले सामाजिक सञ्जालमा यथार्थ विपरीत सूचना नफैलाउन आग्रह गर्दै जनतालाई प्रमाणसहितको जानकारीमा विश्वास गर्न अनुरोध गरे ।‘हल्ला होइन, तथ्यमा विश्वास गर्नुस्। हामी उत्पादन बढाउँदैछौं, आपूर्ति सन्तुलनमा छ, र लोडसेडिङको कुनै खतरा छैन,’ उनले भने।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  ७ : ४९ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।