आईपीएल : दिल्लीलाई मुम्बईले दियो १८१ रनको लक्ष्य « Khabarhub

आईपीएल : दिल्लीलाई मुम्बईले दियो १८१ रनको लक्ष्य


७ जेठ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ अन्तर्गत अहिले जारी खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटललाई १८१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८० रन बनाएको हो । मुम्बईले सुरुवात सुस्त गरे पनि अन्त्यका दुई ओभरमा आक्रमणकारी प्रदर्शन गर्दै ४८ रन बटुल्न सफल भएको थियो ।

मुम्बईका लागि सूर्यकुमार यादवले उत्कृष्ट अर्धशतक प्रहार गरे । उनले नटआउट हुँदै ४३ बलमा ७३ रनको पारी खेले । जसमा सात चौका र चार छक्का समावेश छन् । यस्तै तिलक बर्माले २७, नमन धीरले अविजित २४, रायन रिकेलटनले २५ र विल ज्याक्सले २१ रन जोडे ।

दिल्लीका मुकेश कुमारले दुई, दुश्मन्था चामेरा, कुलदीप यादव र मुस्तफिजुर रहमानले समान एक विकेट लिए । प्लेअफका लागि आजको खेल दुवै टोलीलाई जित्नै पर्ने दबाब छ ।

प्रकाशित मिति : ७ जेठ २०८२, बुधबार  १० : ०१ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन