क्रिकेटमा यूएईको सनसनीपूर्ण सफलता : जित्यो बंगलादेशविरुद्धको शृङ्खला « Khabarhub

क्रिकेटमा यूएईको सनसनीपूर्ण सफलता : जित्यो बंगलादेशविरुद्धको शृङ्खला


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त अरब इमिरेट्सले बङ्गलादेशविरुद्धको शृङ्खला जितेको छ। घरेलु भूमिमा भएको टी-२० शृङ्खलामा बङ्गलादेशलाई २-१ ले हराउँदै यूएईले सनसनी मच्चाएको हो।

बुधबार राति भएको तेस्रो तथा अन्तिम खेलमा यूएई ७ विकेटले विजयी भएको हो। १६३ रनको लक्ष्य पछ्याएको यूएईले पाँच बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १६६ रन बनाएको हो।

विजयी टोलीका अलिसान सर्फुले अविजित रहँदै ४७ बलमा ६८ रन जोडे। उनी प्लेयर अफ द म्याच समेत घोषित भए। यसैगरी असिफ खानले अविजित रहँदै २६ बलमा ४१ रन प्रहार गरे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ९ विकेटको क्षतिमा १६२ रन बनाएको थियो। बङ्गलादेशका जाकर अलीले सर्वाधिक ४१ रन प्रहार गरे। युएईका होल्डर अलीले चार ओभरमा सात रन खर्चेर तीन विकेट लिए।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : ४४ बजे

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना

नियमित कोटाको रासायनिक मल वितरण सुरु

जनकपुरधाम- कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणअन्तर्गत नियमित कोटाको रासायनिक

शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर  देउवाको स्वदेश फर्किने मिति परिवर्तनदेउवाको