बागलुङ- नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ बागलुङ पुगेको छ ।
अहिले उक्त अभियान पूर्वी रुकुमबाट बागलुङको निसीखोला हुँदै ढोरपाटन पुगेको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोलीलाई बागलुङको निसिखोलामा स्थानीय वृद्धाहरूले स्वागत गरे ।
त्यसपछि माओवादी टोली बागलुङको ढोरपाटनमा जनसभा गर्न पुगेको छ । जहाँ नेकपा एमालेका गण्डकी प्रदेश सदस्य केशर छन्त्यालसहित नेता-कार्यकर्ताहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया