विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम « Khabarhub

विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पाटन– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौं र बागमती गाउँपालिका पूर्वाधार विकास संस्थाद्वारा संयुक्त रूपमा विद्युतीय खरिदसम्बन्धी आधारभूत तालिम आयोजना गरिएको छ ।  

सो अवसरमा बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले दीर्घकालीन योजना अनुरूप विकास निर्माणका लागि अनुकूल नीतिगत व्यवस्था गरिनुपर्नेमा जोड दिए  ।

‘सूचना प्रविधिको युगमा पारदर्शिता, प्रतिस्पर्धा र जबाफदेहितालाई सुनिश्चित गर्न विद्युतीय खरिद प्रणाली एक आवश्यक उपकरण बनेको छ । यस प्रणालीबाट सार्वजनिक खरिद प्रक्रियामा हुने अनियमितता, ढिलासुस्ती तथा अपारदर्शिता हटाउन सकिन्छ, यसबाट सरकारको खर्चमा पारदर्शिता ल्याउन सहयोग पुर्‍याएको छ ।’ उनले भने ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामचन्द्र दङ्गालले अनलाइनबाट सेवा प्रवाह गर्ने पद्धतिको विकास भएको वर्तमान समयमा बोलपत्रदाता विद्युतीय खरिद प्रणालीमा अद्यावधिक हुनु अनिवार्य भएको बताए । 

कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी, निर्माण व्यवसायी सङ्घ ललितपुरका वरिष्ठ उपाध्यक्ष भगीरथ तिमल्सिनालगायतले धारणा राखेका थिए । 

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : ३१ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।