हिमपहिरो पीडितलाई आठ दिनपछि राहत « Khabarhub

हिमपहिरो पीडितलाई आठ दिनपछि राहत


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्ला जिल्ला नाम्खा गाउँपालिका–६ तिल गाउँमा हिमपहिरो पीडितलाई कर्णाली प्रदेश सरकारले आठ दिनपछि राहत पठाएको छ । मुख्यमन्त्री यामलाल कँडेलको निर्देशनमा आठ दिनपछि हिमपहिरो पीडित कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राहत पठाएको हो ।

जेठ १ गते राती हिमपहिरोमा परी जोखिममा रहेका स्थानीयहरूको लागि तत्काल राहतका सामग्री पठाइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए । उनका अनुसार आज बिहान ११ बजे सुर्खेतबाट आवश्यक राहत सामग्रीहरू त्यसतर्फ पठाइएको छ । 

जिल्ला प्रशासन कार्यालय, हुम्लाले माग गरे बमोजिम पाँच सेट टेन्ट (अस्थायी घर), बिस क्वीन्टल खाद्यान्न, अठार सेट सोलार र म्याट्रेस लगायतका राहतका सामग्रीहरू सम्बन्धित क्षेत्रमा पठाइएको प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ३ : ४८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार