‘कुलिङ पिरियड’को प्रावधानबाट समिति पछि हट्दैन : रामहरि खतिवडा « Khabarhub

‘कुलिङ पिरियड’को प्रावधानबाट समिति पछि हट्दैन : रामहरि खतिवडा


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख ‘कुलिङ पिरियड’को प्रावधानबाट समिति पछि नहट्ने स्पष्ट पारेका छन् ।

बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र विज्ञहरूसँगको परामर्शपछि विधेयक पारित भएको भन्दै अहिले नै त्यसका रहेको कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने स्पष्ट पारेका हुन् । 

निजामती कर्मचारीबाट बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द्व देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको भन्दै उनले यस्तो प्रावधान अन्य देशमा समेत रहेको उल्लेख गरे ।

कुलिङ पिरियडको प्रावधानलाई कर्मचारीमाथिको अविश्वास भन्न नमिल्ने उनले बताए ।

सभापति खतिवडाले कुलिङ पिरियडको विषयमा मुख्यसचिव लगायतका सचिवहरूको चासो अस्वाभाविक रहेको जिकिर गरे । समितिले पारित गरेको विधेयकलाई छिटो भन्दा छिटो सदनमा लाने तयारी भइरहेको उनले बताए । 

उनले समितिले पारित गरेको विधेयकलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको जिकिर गरे । 

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ५ : १४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको