प्रचण्डको विज्ञप्तिपछि अमेरिकाले माग्यो सरकारको धारणा « Khabarhub

प्रचण्डको विज्ञप्तिपछि अमेरिकाले माग्यो सरकारको धारणा


१४ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत पक्षधरको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ ।

सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावसले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको हो ।

‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौँ,’ अमेरिकी राजदूतावासका एक अधिकारीले भने ।

दाहालले शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए । यो समाचार दुर्गा खनालले कान्तिपुरमा लेखेका छन् ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार  ९ : ३० बजे

‘श्रीमतिले गायन त्यागेर मलाई नायक बनाइन्’

काठमाडौं – नायक दयाहाङ राई स्टारर फिल्म ‘मिरमिर’मा समावेश एक

मतदाता शिक्षा प्रयोजनका लागि १० लाख थान नमूना मतपत्र छापियो

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदाता

त्रिवि शिक्षण अस्पतालले माघ १ देखि स्वास्थ्य बीमा सेवा बन्द गर्ने

काठमाडौं– त्रिवि शिक्षण अस्पतालले माघ १ गतेदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण

हाम्रो पार्टीले प्रतिशोधको राजनीति गर्दैन : रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीले