फेसबुकबाट चिनजान बढाएर होटलमा लगेपछि ‘हनी ट्रयाप’, एक जनासँग मागेका थिए काठमाडौंमा चारआना घडेरी | Khabarhub Khabarhub

फेसबुकबाट चिनजान बढाएर होटलमा लगेपछि ‘हनी ट्रयाप’, एक जनासँग मागेका थिए काठमाडौंमा चारआना घडेरी


८ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होटलमा बोलाएर गोप्य तस्बिर र भिडियो खिच्दै त्यसैलाई हतियार बनाएर लाखौँ रुपैयाँ असुल्ने योजनामा संलग्न दुई युवती पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ती दुईजना युवतीलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जाल फेसबुकबाट सुरू भएको सामान्य चिनजान अन्ततः ब्ल्याकमेलको हतियार बनेको प्रहरी अनुसन्धानले देखाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालिका-१० घर भई हाल काठमाडौं महानगरपालिका-५ बस्दै आएकी ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका-१७ घर भई हाल काठमाडौं-५ बस्दै आएकी ३४ वर्षीया आचल श्रेष्ठ भनिने आँचल चौगुठी छन् ।

दुवैलाई काठमाडौं महानगरपालिका-११ हनुमानस्थानबाट जेठ ७ गते पक्राउ गरेर हिरासतमा राखिएको आचार्यले जानकारी दिएका छन् ।

उनीहरू फेसबुकमार्फत् युवतीको फोटो राखेर पुरुषहरूलाई सम्पर्कमा ल्याउँथे । सुरूमा साधारण कुराकानी गर्दै आफूप्रति आकर्षण जगाउने काम गरेको आचार्यले बताए ।

उनीहरूको तरिका भनेको विस्तारै सम्बन्ध प्रगाढ बनाउँदै जान्थे। सम्बन्ध बलियो बनाएपछि होटल वा रिसोर्टमा भेट्न बोलाउँथे । त्यस्ता भेटघाट विशेष रूपमा नियोजित हुन्थे ।

आचार्यका अनुसार उनीहरूले होटलमा खाजा, खाना र मदिरासहितको सेवा दिँदै गोप्य रूपमा पुरूषहरूको फोटो र भिडियो खिच्थे।

अधिकांश अवस्थामा ती दृश्यहरू आपत्तिजनक हुने गरी खिचिएका हुन्थे। ‘यिनै सामग्रीलाई आधार बनाएर उनीहरूले पीडितमाथि मानसिक दबाब दिन्थे,’ आचार्यले भने, ‘तपाईंको घरपरिवार, कार्यक्षेत्र र सामाजिक सञ्जालमा यिनै तस्बिर सार्वजनिक गरिदिन्छौँ भनेर धम्क्याउँदै ब्ल्याकमेल गर्थे ।’

त्यस्ता धम्कीबाट डराएका धेरै व्यक्तिहरू आफैँ सम्पर्कमा आएर रकम बुझाउने अवस्थामा पुग्ने गरेको भेटिएको आचार्यले बताएका छन् ।

पछिल्लो घटनामा ती युवतीले एक व्यक्तिलाई ब्ल्याकमेल गरेर काठमाडौंमा चारआना जग्गा मागेका थिए। उनीहरूले पाँच लाख रुपैयाँ बराबरको चेक लिइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार, उनीहरूको साथबाट विभिन्न कम्पनीका दुईवटा मोबाइल फोन बरामद गरिएको छ, जसमा अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाण संकलन भइरहेको छ ।

प्रहरीका अनुसार घटनामा संलग्न दुवै युवतीले पछिल्लो समय सामाजिक सञ्जालमा सक्रियता बढाएका थिए।

उनीहरूले फेसबुकमार्फत् रोजगारी वा सम्बन्धको झुठो प्रस्ताव गरेर लक्षित व्यक्तिहरूसँग सम्पर्क बनाउँथे। अनि व्यक्तिगत भेटघाटमा पुगेर उनीहरूलाई फसाउने योजनामा संलग्न हुन्थे।

प्रहरीले यो घटनालाई ‘हनी ट्रयाप’ अर्थात् भावनात्मक सम्बन्धको जालमा पारेर गरिने ठगीको आधुनिक स्वरूपको रूपमा व्याख्या गरेको छ ।

काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल र डिजिटल मिडिया प्रयोग गरेर ठगी गर्ने घटनाहरू बढ्दो क्रममा छन् ।

आचार्यका अनुसार हालसम्म यो गिरोहले कति जनालाई निशाना बनाएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।

‘गोप्य फोटो र भिडियो खिचेर ब्ल्याकमेल गर्ने प्रवृत्ति खतरनाक रूपमा विस्तार भएको छ। यस्तो प्रवृत्तिबाट जोगिन सबै नागरिक सचेत हुनु आवश्यक छ’, आचार्ययले भने ।

पक्राउ परेका युवतीलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । अब त्यहाँबाट उनीहरूविरुद्ध मुद्दा अघि बढाउन प्रहरीले अदालतबाट म्याद लिने छ ।

प्रकाशित मिति : ८ जेठ २०८२, बिहीबार  ७ : २६ बजे

कमला नदीमा स्नान गर्ने भक्तजनको घुइँचो

सिरहा– सिरहा र धनुषाको सीमा भएर बग्ने कमला नदीमा कार्तिक

१२ अंकले बढ्यो नेप्से, ९० वटा कम्पनीको सेयर मूल्य भने घट्यो

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)१२.१७ अंकले बढेको छ ।

अन्तिम समयमा मिसिएका झलनाथालाई नयाँ पार्टीमा तेस्रो वरीयता र सह-संयोजक पद

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा

स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर

वैदेशिक विभागद्वारा धरौटी अद्यावधिक गर्नेसम्बन्धी सूचना

काठमाडौं– वैदेशिक रोजगार विभागले जेन-जी प्रदर्शनका क्रममा भएको आगजनीका कारण