‘क्षमताअनुसार विपद् व्यवस्थापन गरिने’ « Khabarhub

‘क्षमताअनुसार विपद् व्यवस्थापन गरिने’


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सरकारले आफ्नो क्षमताअनुसार विपद् व्यवस्थापनको कार्य गर्ने बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज आयोजित ‘सबैका लागि पूर्वसूचना प्रदेशस्तरीय गोष्ठी’को उद्घाटन गर्दै मन्त्री भण्डारीले प्रदेश सरकारले प्रदेशभरिका विपद्का घटना हुन सक्ने स्थानको पाश्र्वचित्र बनाएको जानकारी दिए । 

उनले विपद्काट आम नागरिकलाई बचाउन साधन स्रोतले भ्याएसम्म पूर्वतयारी गरिएको उल्लेख गर्दै विपद्का १७ सूचाङ्क स्थानीय तहसम्म पुर्‍याउने तथा स्थानीय तहले निर्माण गर्ने बजेटमा यसलाई समावेश गर्न सहज हुने बताए ।

विकाससँगै विनाशको पनि खतरा रहने भएकाले विपद्का लागि पूर्वसूचनाले मद्दत गर्ने र सरकारको बजेटले मात्र यसलाई न्यूनीकरण गर्न नसकिने मन्त्री भण्डारीको धारणा थियो । 

प्रदेश सरकाले पूर्वसूचनाका आधार निर्माण गरिसकेकाले विपद् हुने स्थानमा पूर्वसूचना प्रणालीबाट नागरिक स्वयं सचेत भई जनधनको क्षतिलाई बचाउन सक्ने उनले उल्लेख गरे ।

कार्यक्रम कोशी प्रदेशसभा सदस्य अमृत अर्याल, किशोरचन्द्र दुलाल र गीता तिमिल्सिनाले विपद् न्यूनीकरणका लागि दीर्घकालीन उपाय अपनाउन प्रदेश सरकारसँग आग्रह गरे । 

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव एकदेव अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापा, प्राधिकरणका सहसचिव अर्जुनकुमार बमलगायतले आ–आफ्नो धारणा राखेका थिए । –रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  २ : ०३ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते