फक्सकनले भारतमा १ अर्ब ५० करोड डलर लगानी गर्ने | Khabarhub Khabarhub

फक्सकनले भारतमा १ अर्ब ५० करोड डलर लगानी गर्ने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी प्रविधि कम्पनी एप्पलका आईफोन बनाउँदै आएको ताइवानी कम्पनी फक्सकनले भारतमा थप १ अर्ब ५० करोड डलर लगानी गर्ने भएको छ । फक्सकनको सिंगापुरमा रहेको शाखाले भारतमा युझान टेक्नोलोजीका १ खर्ब २७ अर्ब ७४ करोड भारतीय रुपैयाँ अर्थात् १ अर्ब ५० करोड अमेरिकी डलर बराबरका १२ अर्ब ७७ करोड कित्ता शेयर खरिद गर्नेछ ।

भारतको तामिल नाडु राज्यमा रहेको युझान टेक्नोलोजी फक्सकनकै मातहत छ । यसले एप्पलको आईफोनका लागि विद्युतीय सामान उत्पादनका साथै जडान पनि गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि भन्सार शुल्क वृद्धि गरेपछि फक्सकनले भारतमा आईफोन उत्पादनमा जोड दिँदै आएको छ । रोयटर्सका अनुसा गत मार्च महिनामा एप्पलले भारतमा उत्पादन बढाएको छ ।

एप्पलले सो अवधिमा २ अर्ब अमेरिकी डलर बराबरका ६ सय टन आइफोन अमेरिकामा निर्यात गरेको जनाइएको छ । कोरोना भाइरसको महामारीसँगै विश्वव्यापी आपूर्तिचक्रमा देखिएको व्यवधान र भूराजनीतिक तनावका कारण पछिल्लो समय विश्वका महत्वपूर्ण कम्पनीहरु भारतमा लगानी गर्न आकर्षित भइरहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  २ : ४० बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न