भारतले ग्वाटेमालालाई ६ सय कृत्रिम हातखुट्टा प्रदान गर्ने « Khabarhub

भारतले ग्वाटेमालालाई ६ सय कृत्रिम हातखुट्टा प्रदान गर्ने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालालाई करिक ६ सय कृत्रिम हातखुट्टा प्रदान गर्ने भएको छ । भारतले मानवीय सहायता अनुरुप ग्वाटेमालालाई ६ सयभन्दा धेरै कृत्रिम हातखुट्टा प्रदान गर्न लागेको हो ।

ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीस्थित भारतीय राजदूतावासले यसबारे पुष्टि गर्दै प्रशासनिक प्रक्रिया पूरा भएको जानकारी दिएको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार भारतीय विशेषज्ञहरुले कृत्रिम हातखुट्टा जडान गर्नेछन् ।

भारतको भगवान महावीर विकलांग सहायता समितिका विशेषज्ञहरुले आगामी अक्टोबरमा ग्वाटेमालाको रक्षा मन्त्रालय परिसरमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । ग्वाटेमालाका लागि भारतीय राजदूत मनोज कुमार महापात्राले भारतको यस पहलले दुई मुलुकबीचको सम्बन्ध र सहकार्यलाई थप गहिरो बनाउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १० : ४८ बजे

काभ्रेको नदी तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै

काभ्रे– वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

खानाको व्यवस्था नभएपछि कीर्तिपुर होल्डिङ सेन्टरमा राखिएकाहरू आन्दोलित (तस्बिरहरू)

काठमाडौँ– खानाको व्यवस्था नभएपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा रहेको सुकुमवासी होल्डिङ

सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौँ– मुलुकका सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०८३–०८४ को

गरिबमाथि राज्य किन यति निर्मम ?

शनिबार कैलालीमा एक महिलाको टेम्पो भीरबाट खसालिदिएको भिडियो भाइरल भयो