किएभमा आक्रमणबीच रूस-युक्रेन कैदी आदान–प्रदान | Khabarhub Khabarhub

किएभमा आक्रमणबीच रूस-युक्रेन कैदी आदान–प्रदान


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युक्रेनको राजधानी किएभमा शनिबार भएको ड्रोन र मिसाइल आक्रमणमा कम्तीमा आठ जना घाइते भएका छन् । उक्त आक्रमण रूस र युक्रेनबीच कैदीहरूको आदान–प्रदान भइरहेको बेला भएको अधिकारीहरूले जनाएका छन् । 

किएभको नागरिक तथा सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले बताएअनुसार आक्रमणले शहरका विभिन्न क्षेत्रमा आगलागी गराएको र संरचनात्मक क्षति र्पुयाएको छ । शहरका मेयर भिटाली क्लिट्स्कोका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ ।

यसैबीच, रूसी सेनाले युक्रेनले मंगलबारदेखि हालसम्म ७८८ ड्रोन तथा मिसाइल प्रहार गरेको र तीमध्ये ७७६ वटा आफ्नो वायु सुरक्षा प्रणालीले खसालेको दाबी गरेको छ ।

गत हप्ताको इस्तानबुल वार्तामा भएको सहमतिअनुसार रूस र युक्रेनले कैदीहरूको आदान–प्रदानको पहिलो चरण केही घण्टाअघि सम्पन्न गरेका थिए । दुवै पक्षले ३९० जना कैदीहरू फर्काएका छन् र कुल एक हजार कैदी आदान–प्रदान गर्ने अपेक्षा गरिएको छ ।

रूसले युक्रेनलाई तीन दिनभित्र शान्ति सम्झौताको सर्तहरू प्रस्तुत गर्ने तयारी गरिरहेको समेत जनाएको छ ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ३ : ०१ बजे

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ

सञ्चारमन्त्री खरेलसँग ‘एनआरएनए’ प्रतिनिधिमण्डलको भेट

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग गैरआवासीय नेपाली सङ्घ