लिबियामा स्थायी युद्धविराम गर्न एयूको आग्रह « Khabarhub

लिबियामा स्थायी युद्धविराम गर्न एयूको आग्रह


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफ्रिकी युनियनले लिबियाको राजधानी त्रिपोलीमा यसै महिनाको शुरुमा भएको हिंसात्मक झडप र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै भएको प्रदर्शनपछि शनिबार लिबियामा स्थायी युद्धविरामको आह्वान गरेका छन् । 

द्वन्द्वग्रस्त उत्तर अफ्रिकी मुलुक लिबियामा भएको पछिल्लो लडाइँमो कम्तीमा आठ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

औपचारिक युद्धविराम बिना नै गत हप्ता नै झडप समाप्त भएको थियो भने लिबियाको रक्षा मन्त्रालयले यसै हप्ता युद्धविरामका लागि प्रयास जारी रहेको बताएको छ ।

शनिबार एयूको शान्ति तथा सुरक्षा परिषद्ले हालैको हिंसाको निन्दा गर्दै ‘बिनाशर्त स्थायी युद्धविराम’ को आह्वान गरेको छ ।

‘एक्स’मा जारी विज्ञप्तिमा परिषद्ले ‘समावेशी, लिबियाली नेतृत्वसँग मेलमिलाप’ गर्न आग्रह गर्दै ‘बाह्य हस्तक्षेप नगर्न अपिल’ गरेको छ । लिबियामा त्रिपोलीमा संयुक्त राष्ट्रसङ्घद्वारा मान्यता प्राप्त प्रधानमन्त्री अब्दुलहामिद देबेइबाको सरकार र पूर्वमा प्रतिद्वन्द्वी प्रशासनबीच विभाजन भएको छ ।

सन् २०११ मा नेटो समर्थित विद्रोहले लामो समयदेखि नेता रहेका मुअम्बर गद्दाफीलाई सत्ताच्युत गरी हत्या गरेपछि देश विभाजित बनेको छ ।

देबेइबाको सरकारसँग आबद्ध समूह ४४४ ब्रिगेडले एक सशस्त्र गुटका नेताको हत्या गरेपछि यो झडप सुरु भएको थियो, जसले पछि पूर्वी त्रिपोलीका केही भाग र शहरको विमानस्थललाई नियन्त्रण गर्ने तेस्रो समूह राडा फोर्ससँग लडिरहेको छ । 

देबेइबाले ४४४ ब्रिगेडबाहेक राडा र अन्य सशस्त्र समूह भङ्ग गर्ने कार्यकारी आदेशहरूको एक शृङ्खला घोषणा गरेपछि यो कदम चालिएको हो।
 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ६ : ४३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै