राप्रपाको जनजागरण अभियान आजबाट सुरु | Khabarhub Khabarhub

राप्रपाको जनजागरण अभियान आजबाट सुरु


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको छ । 

शनिबार काठमाडौंको जमल क्षेत्रबाट समितिले धार्मिक तथा जनजागरण अभियान आरम्भ गरेको हो । कार्यक्रममा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायत नेताहरू सहभागी भएका थिए ।  

अभियानका क्रममा संवैधानिक राजसंस्था र सनातन हिन्दुराज्य सहितको बहुदलीय प्रजातन्त्र कायम गर्नेसहितको जनआन्दोलनको लक्ष्यकाबारे जनतासंग साक्षात्कार गरिने संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।

जेठ १५ गतेदेखि सुरु हुने जनआन्दोलनमा सहभागिताका लागि आह्वान सहितको धार्मिक तथा जनजागरण घरदैलो अभियान गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ७ : ४५ बजे

लागत सहभागिता समझदारी पत्रमा हस्ताक्षर

कैलाली– खानेपानी मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास

पाखोबारीमा झाडी फाँडेर तरकारी खेती

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरुले

फराकिलो जितसहित इङ्गल्यान्ड युरो कपको क्वार्टर फाइनलमा

काठमाडौं – वेल्समाथिको ६-१ को सफलतासहित इङ्गल्यान्ड युरो कप महिला

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अल्काराजलाई हराउँदै सिनरले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४,६-४ ले हराउँदै शीर्ष