मिजोरम भारतकै पहिलो पूर्ण साक्षर राज्य घोषित « Khabarhub

मिजोरम भारतकै पहिलो पूर्ण साक्षर राज्य घोषित


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिजोरम भारतकै पहिलो पूर्ण साक्षर राज्य घोषित भएको छ । केन्द्रीय शिक्षा मन्त्रालयले यसबारे जानकारी दिएको हो । पूर्ण साक्षर घोषणा भएको अवसरमा राज्यलाई प्रमाणपत्र पनि हस्तान्तरण गरिएको छ ।

यसअघि केन्द्र शासित प्रदेश लद्दाखले पनि २०२४ मा पूर्ण साक्षरताको लक्ष्य हासिल गरिसकेको छ । नयाँ साक्षरता अभियान अन्तर्गत कुनै पनि राज्यलाई ९७ प्रतिशत साक्षरता हासिल गरेपछि पूर्ण साक्षर घोषणा गरिन्छ ।

सन् २०११ मा गरिएको जनगणनामा भारतको कुल साक्षरता दर ७९.०४ प्रतिशत रहेको थियो । भारतलाई पूर्ण साक्षर बनाउनका लागि शिक्षा मन्त्रालयले उल्लास नामक अभियान सञ्चालन गरेको थियो ।

त्यसबाहेक नयाँ राष्ट्रिय शिक्षा नीतिले पनि साक्षरता दर वृद्धिमा महत्वपूर्ण सहयोग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  ५ : ०३ बजे

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग