देउवाले डाके कांग्रेस पदाधिकारी बैठक, क्रियाशील सदस्यतासँगै लेखकबारे पनि छलफल हुन सक्ने | Khabarhub Khabarhub

देउवाले डाके कांग्रेस पदाधिकारी बैठक, क्रियाशील सदस्यतासँगै लेखकबारे पनि छलफल हुन सक्ने


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रियाशील सदस्यता टुंगो लगाउन भोलि नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन । 

सोमबार बिहान ९ः बजे बस्ने गरी बूढानीलकण्ठस्थित देउवानिवासमा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले त्यस विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।

अर्कातिर केही दिनयता गृहमन्त्री रमेश लेखक भिजिट भिसा सेटिङ प्रकरणमा चर्को विवादमा परेका छन् । आफैंले विमानस्थल अध्यागमन कार्यालयमा खटाएका कर्मचारीले भिजिट भिसामा जानेबाट दैनिक ५० लाख भन्दा बढी उठाएको आरोप लागेको छ।

उक्त रकम गृहमन्त्रीको सचिवालयसम्मै आउने गरेको कुरा सार्वजनिक भइरहेपछि लेखकले शनिबार खण्डन गरेका थिए । उनले उक्त प्रकरणमा आफ्नो संलग्नता पुष्टि भए राजनीति नै छाड्ने बताएका थिए ।

पदाधिकारी बैठकमा लेखक मुछिएको भिजिट भिसा प्रकरणबारे पनि छलफल हुन सक्नेछ । यद्यपि लेखक सभापति देउवा र परराष्ट्रमन्त्री आरजु देउवानिकट भएका कारण कांग्रेसले यस विषयलाई सामसुम पार्न सक्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ०६ बजे

महाधिवेशन प्रतिनिधिहरूलाई विद्याको अपील : एमालेलाई बलियो बनाउन सदस्यता विवाद सच्याउनुस्

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) विधान महाधिवेशनका प्रतिनिधिहरूलाई

टेलिकमद्वारा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द

काठमाडौं – नेपाल टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल सरकारको

माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

बागमती –माछा मार्ने क्रममा करेन्ट लागेर मकवानपुरको बकैया गाउँपालिका–३ हात्तिसुडे

ईश्वर पोखरेलको फरक मतः विद्या भण्डारीको सदस्यता नवीकरण गरियोस् (पूर्णपाठ)

काठमाडाैं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राखेको फरक

ओलीसहितलाई एमाले काठमाडौंका अध्यक्षको म्यासेज : विद्यालाई पाखा लगाए मिसन ०८४ सपना मात्रै

काठमाडौं – नेकपा (एमाले)का काठमाडाैं जिल्ला अध्यक्ष दीपक निरौलाले पूर्वराष्ट्रपति