विकासका काममा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल « Khabarhub

विकासका काममा सबैको सहयोग आवश्यक : मुख्यमन्त्री कँडेल


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर उकास्नेलगायत काममा सरकारी, निजी क्षेत्रसहित सरोकार भएका सबैले सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

निर्माणको काम सरकारी कार्यालय र निर्माण व्यवसायीको मात्र नभएको बताए। स्थानीयवासी र सरोकारवाला निकायको सकारात्मक सोच, निगरानी तथा भरोसाले पनि विकास निर्माणका काममा सहयोग पुग्ने बताए।

आज बिहान कर्णालीलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीमा जोड्ने मूलपानी–रानीघाट–तेलपानी–भुरिगाउँ खण्डको सुरुआती बिन्दु वीरेन्द्रनगर–२ पलाटेमा मूलपानी–रानीघाट खण्डअन्तर्गत सात किलोमिटर सडकको स्तरोनन्ति कार्यको सुभारम्भ गर्दै उनले पूर्वाधार विकासका काममा सरकारी निकाय र निर्माण व्यवसायीको मात्र जिम्मेवारी नहुने उल्लेख गरे। उनले सबैको सहकार्य र समन्वयमा उपलब्धिमूलक काम गर्न सकिने धारणा राखे ।

पूर्वाधार विकास निर्देशनालयले उक्त ठेक्का लगाएको थियो । यस सडकले पूर्णता पाएको खण्डमा बर्दिया र सुदूरपश्चिम प्रदेश जान बाँकेको कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्रीले बताए।

 ‘विकास यथाशीघ्र हुनुपर्छ, त्यसमा सबैको चासो हुनुपर्छ । ३२ करोडमा ठेक्का खोलिएकामा निर्माण व्यवसायीले १८ करोडमा उक्त ठेक्का लिएर कामको सुरुआत गरेको छ’, उनले भने।

कर्णालीका पाँच जिल्लाले परापूर्वकालदेखि हिँड्ने बाटो रहेकाले यसको थप महत्त्व बढेको मुख्यमन्त्री कँडेलले बताए। सडक निर्माणसँगै चितवनको देवघाटजस्तै रानीघाटलाई प्रवर्द्धन गर्न प्रदेश सरकारको सहयोग रहने उनले प्रतिबद्धता जनाए। यो मार्ग सम्पन्न भएपछि बर्दियाबाट सुर्खेत आउनेजानेले दूरीका हिसाबले कम यात्रा गर्नुपर्ने जानकारी दिए।

यो सडक कर्णालीको पर्यटन क्षेत्रका लागि मूल ढोका रहेको बताउँदै मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय र प्रभावकारी काम गर्न आग्रह गरे। काम गर्ने क्रममा कुनै समस्या आएमा प्रदेश सरकारले सहजीकरण गर्ने उनले बताए। 

निर्माण व्यवसायीले असार, साउनमा पनि काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिए ।

 उनले भने, ‘प्राविधिक साथीहरूले गुणस्तरीय काममा विशेष ध्यान दिनुपर्छ । विकासले जनताका आर्थिक, सामाजिक, पर्यटकीयलगायत सबै क्षेत्रको समृद्धिमा सहयोग पुर्‍याउने भएकाले यसको महत्त्व छ । आज शिलान्यास गर्ने भोलिदेखि सुनसान हुने काम नगर्न निर्माण व्यवसायीलाई अनुरोध छ । गुणस्तरीय सडक निर्माण गर्नका लागि सबैले समन्वय र सहयोग गरौँ ।’

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  १ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै