वैदेशिक रोजगार : ठगी मुद्दाका फरार अभियुक्त पक्राउ « Khabarhub

वैदेशिक रोजगार : ठगी मुद्दाका फरार अभियुक्त पक्राउ


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले वैदेशिक रोजगार ठगी मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)को टोलीले ठगी मुद्दामा फरार रहेका सिन्धुपाल्चोक शिखरपुरका भीमप्रसाद दाहाललाई पक्राउ गरेको हो ।

सिआइवीका प्रवक्ता उमा चदुर्वेदीका अनुसार, खोजी सूचीमा रहेका दाहाललाई नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । दाहालमाथि रोजगारीको लागि दक्षिण कोरिया पठाइदिने भन्दै हेमलाल गौतमबाट तीन लाख ५० हजार रुपैयाँ लिई फिर्ता नगरेको अभियोग लागेको थियो ।

उनलाई ठगी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ पुस ३० गते एक लाख ५० हजार रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरेको थियो । उनी विरुद्ध जरिवानासहितको बिगो पाँच लाख २५ हजार भराउने फैसला भएको थियो ।

अहिले दाहाललाई प्रहरीले काठमाडौँ जिल्ला अदालतमा पेस गरी केन्द्रीय कारागार सुन्धारा चलान गरेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : २१ बजे

सुदन र मिराजलाई रक्षा बमको चेतावनी : चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नुहोस्

काठमाडौं – जेन-जी अभियान्ता रक्षा बमले अर्का भगौडा जेन-जी मिराज

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार