काम लागेन ओलीको निर्देशन : युवा संघमा निर्वाचन हुँदै, थेवे र पुरीबीच प्रतिस्पर्धा « Khabarhub

काम लागेन ओलीको निर्देशन : युवा संघमा निर्वाचन हुँदै, थेवे र पुरीबीच प्रतिस्पर्धा


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा एमालेसम्वद्ध युवा संघ नेपालमा निर्वाचन हुने निश्चित भएको छ ।

हालसम्म महाधिवेशन भएका ११ वटा संगठनमा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्ने गरेको थियो । तर राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व छान्ने पक्का भएको छ ।

निर्वाचन समितिका अनुसार आइतबार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

महाधिवेशनबाट सर्वसम्मत दोहोरिन खोजेका क्षितिज थेवेलाई महासचिव सुमन पुरीले चुनौती दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत क्षितिजलाई जिताउन लागेको चर्चाबीच सुमन पुरीले चुनावमै जानुपर्ने अडान लिएका थिए ।

पार्टी अध्यक्ष ओलीको निर्देशन भन्दै थेवेलाई अध्यक्ष बनाउन जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लागेका थिए । तर सुमनले सर्वसम्मत नेतृत्व चयनलाई अस्वीकार गरिदिए । युवा संघको नेतृत्व निर्वाचनबाटै चयन हुने पक्का भएको छ ।

यता ओलीनिकट नेताहरू अध्यक्षमा थेवे र महासचिवमा महेश चौलागाईंलाई जिताउने निर्देशनसहित लागेका छन् ।

मतदानका लागि शनिबार नै विद्युतीय भोटिङ मेसिन पोखरा लगिएको छ। पोखरामा शुक्रबारदेखि जारी १० औं महाधिवेशनमा अध्यक्षमा पुरीले दाबी नछोड्दा निर्वाचन हुने भएको हो ।

उता उपमहासचिव राजन थापालाई जिताउन नेताहरू सक्रिय छन् । संघका पूर्वअध्यक्षहरू महेश बस्नेत, निरुदेवी पाल, राजीव पहारी, किरण पौडेल र रमेश पौडेल पनि थेवेलाई जिताउन जुटेका छन् ।

अध्यक्षका दाबेदार। वर्तमान उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी र प्रकाश गौतम पछि हट्दा अब दुईजनाबीच प्रतिस्पर्धा हुन लागेको छ । महासचिव पुरीले प्यानल बनाएरै चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ५१ बजे

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित