काम लागेन ओलीको निर्देशन : युवा संघमा निर्वाचन हुँदै, थेवे र पुरीबीच प्रतिस्पर्धा « Khabarhub

काम लागेन ओलीको निर्देशन : युवा संघमा निर्वाचन हुँदै, थेवे र पुरीबीच प्रतिस्पर्धा


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

पोखरा- नेकपा एमालेसम्वद्ध युवा संघ नेपालमा निर्वाचन हुने निश्चित भएको छ ।

हालसम्म महाधिवेशन भएका ११ वटा संगठनमा एमालेले सर्वसम्मत नेतृत्व चयन गर्ने गरेको थियो । तर राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १०औं महाधिवेशनमा निर्वाचनबाटै नेतृत्व छान्ने पक्का भएको छ ।

निर्वाचन समितिका अनुसार आइतबार अपरान्ह ४ देखि साँझ ६ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

महाधिवेशनबाट सर्वसम्मत दोहोरिन खोजेका क्षितिज थेवेलाई महासचिव सुमन पुरीले चुनौती दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमेत क्षितिजलाई जिताउन लागेको चर्चाबीच सुमन पुरीले चुनावमै जानुपर्ने अडान लिएका थिए ।

पार्टी अध्यक्ष ओलीको निर्देशन भन्दै थेवेलाई अध्यक्ष बनाउन जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल लागेका थिए । तर सुमनले सर्वसम्मत नेतृत्व चयनलाई अस्वीकार गरिदिए । युवा संघको नेतृत्व निर्वाचनबाटै चयन हुने पक्का भएको छ ।

यता ओलीनिकट नेताहरू अध्यक्षमा थेवे र महासचिवमा महेश चौलागाईंलाई जिताउने निर्देशनसहित लागेका छन् ।

मतदानका लागि शनिबार नै विद्युतीय भोटिङ मेसिन पोखरा लगिएको छ। पोखरामा शुक्रबारदेखि जारी १० औं महाधिवेशनमा अध्यक्षमा पुरीले दाबी नछोड्दा निर्वाचन हुने भएको हो ।

उता उपमहासचिव राजन थापालाई जिताउन नेताहरू सक्रिय छन् । संघका पूर्वअध्यक्षहरू महेश बस्नेत, निरुदेवी पाल, राजीव पहारी, किरण पौडेल र रमेश पौडेल पनि थेवेलाई जिताउन जुटेका छन् ।

अध्यक्षका दाबेदार। वर्तमान उपाध्यक्षहरू महाराज गुरुङ, कृष्णहरि केसी र प्रकाश गौतम पछि हट्दा अब दुईजनाबीच प्रतिस्पर्धा हुन लागेको छ । महासचिव पुरीले प्यानल बनाएरै चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ४ : ५१ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि