भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र « Khabarhub

भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल भएको छ । जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बन्न सफल भएको हो ।

भारतको नीति आयोगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बीभीआर सुब्रमण्यमले यसबारे जानकारी दिएका हुन् । नीति आयोगको गभर्निङ काउन्सिलको १० औं बैठकपछि उनले अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांक उद्धृत गर्दै भारतीय अर्थतन्त्रको आकार ४ ट्रिलियन डलर पुगेको समेत जानकारी दिएका छन् ।

अब भारतभन्दा अघि अमेरिका, चीन र जर्मनीमात्र रहेका छन् । उनले योजनाअनुसार अर्थतन्त्र सञ्चालन भएमा अबको दुई तीन वर्षमा भारतले जर्मनीलाई पनि पछि पार्ने जिकिर गरे ।

हाल भारतीय अर्थतन्त्र तीव्र गतिमा वृद्धि भइरहेको छ । यस आर्थिक वर्षको चौथो त्रैमासमा भारतको वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । यसअनुसार आर्थिक वर्ष २०२५ को समग्र वृद्धिदर ६.३ प्रतिशत रहनेछ ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : १७ बजे

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि