सुपर ओभरमा ब्रदर्श–११ विजयी, ग्रीन सिटी ५ रनले पराजित « Khabarhub

सुपर ओभरमा ब्रदर्श–११ विजयी, ग्रीन सिटी ५ रनले पराजित


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम कन्चनजंघा क्रिकेट प्रतियोगिताको आजको खेलमा ब्रदर्श–११ झापाले ग्रीन सिटी इटहरीलाई सुपर ओभरमा ५ रनले पराजित गरेको छ।

आइतबार सम्पन्न खेलमा दुबै टोलीले २० ओभरमा समान ८९ रन बनाउँदा खेल सुपर ओभरमा पुगेको थियो। झापाले सुपर ओभरमा १६ रनको लक्ष्य दिएकोमा इटहरी ११ रनमा सीमित रह्यो।

झापाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। झापाका हेमराज राजवंशीले अविजित ४२ रन बनाए भने विवेक पौडेलले १३ रन जोडे। बाँकी ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न असफल रहे।

इटहरीका लागि रिक्की भण्डारीले ५ विकेट लिए। उज्जल श्रेष्ठले २ विकेट तथा सागर डोटेल र सुरेश गुरुङले समान १–१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको ग्रीन सिटीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८९ रन नै बनायो। इटहरीका निमा तामाङले ४० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन्।

झापाका किरण गजमेरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। निरज शाह र निरज पाठकले समान २–२ विकेट लिएका थिए भने आवास खनालले १ विकेट हात पारे।

सुपर ओभरमा झापाका बिबेक पौडेलले ८ र निरज पाठकले ७ रन बनाए। ग्रीन सिटीका निमा तामाङले ७ रन बनाए तापनि टोलीले लक्ष्य भेटाउन सकेन। खेलको ‘म्यान अफ द म्याच’ भने पराजित टोलीका रिक्की भण्डारी घोषित भए।

प्रतियोगिताअन्तर्गत सोमबार पहिलो खेल आयोजक क्लब र सलकपुर क्रिकेट क्लबबीच हुनेछ भने दोस्रो खेल ढुकुरपानी क्रिकेट क्लब झापा र दुर्गापुरी क्रिकेट क्लब मोरङबीच हुनेछ।

मोरङको पथरीशनिश्चरे–१० स्थित जिरिखिम्ती मैदानमा सञ्चालन भइरहेको प्रतियोगिता जेठ १८ गतेसम्म चल्नेछ। विजेता टोलीले ५५ हजार ५५५ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ९ : ११ बजे

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा