सीमामा चिनियाँ लडाकु विमान र युद्धपोतको गतिविधि बढ्यो : ताइवान « Khabarhub

सीमामा चिनियाँ लडाकु विमान र युद्धपोतको गतिविधि बढ्यो : ताइवान


१० जेठ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – ताइवानले हालै चिनियाँ सैन्य गतिविधिहरूमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। आइतबार ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले चिनियाँ जनमुक्ति सेनाका लडाकु विमान र नौसेनाका युद्धपोतहरूले ताइवानको सीमा क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ

मन्त्रालयका अनुसार आइतबार २१ वटा विमान र आठ युद्धपोतहरू ताइवानको हवाई र समुद्री क्षेत्र नजिकै देखिएका थिए। १३ वटा विमानले ताइवान जलसन्धिको मध्यरेखा पार गरेर ताइवानको उत्तरी, दक्षिणपश्चिमी र पूर्वी हवाई क्षेत्रमा प्रवेश गरेको दाबी गरेको छ। ताइवानले यी गतिविधिहरूलाई नजिकबाट निगरानी गरेको र आवश्यक जवाफी कारबाही गरेको जनाएको छ।

यसअघि ताइवानले पटकपटक आफ्नो सीमामा चीनको सैन्य गतिविधिहरू बढेको आरोप लगाउँदै आएको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न अंग मान्छ। यस्ता सैन्य गतिविधिहरूलाई ताइवानको स्वतन्त्रतावादी गतिविधिको जवाफमा कडा चेतावनीको रूपमा लिने गरिन्छ। ताइवान भने यस्ता कार्यहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र क्षेत्रीय शान्ति र स्थायित्वमा खतरा भएको बताउँदै आएको छ।

प्रकाशित मिति : १० जेठ २०८२, शनिबार  १० : ५६ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा