भारतमा मारिए माओवादीका सर्वोच्च कमाण्डर | Khabarhub Khabarhub

भारतमा मारिए माओवादीका सर्वोच्च कमाण्डर


४ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – भारतमा सुरक्षा कारबाहीमा भारतीय कम्युनिस्ट पार्टी माओवादीका महासचिव नाम्बला केशव राव मारिएका छन् ।

छत्तीसगढको नारायणपुर जिल्लाको एक जंगलमा भएको सैनिक कारबाहीमा बसबराजु भनेर चिनिने ६८ वर्षका केशव रावसहित २७ जना मारिएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले यो घटनालाई ठूलो उपलब्धीको रुपमा लिएका छन् । उनीहरुले सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । गृहमन्त्री साहले नक्सलवादीलाई समाप्त पार्ने अभियानमा ऐतिहासिक उपलब्धी हात परेको दाबी गरेका छन् ।

भारतले अपरेसन ब्ल्याक फरेस्ट नाममा माओवादीविरुद्धको अभियान चलाइरहेको छ । जासुसी संयन्त्रको सूचनाका आधारमा सुरक्षाकर्मीको टोली माओवादी पार्टीको केन्द्रीय कमिटी र पोलिट्ब्यूरो सदस्यहरु रहेको ठाउँमा पुगेको थियो ।

भिडन्त भएको ठाउँ माओवादीको प्रभाव क्षेत्र हो । यो बाक्लो जंगल भएको क्षेत्र हो र नारायणपुर, बिजापुर र दन्तेवाडा गरी ३ जिल्लाको सिमानामा पर्छ । यो क्षेत्रलाई माओवादी बिद्रोहको इपिसेन्टर नै मानिछ ।

बुधबार बिहान भएको कारबाहीको नेतृत्व छत्तीसगढको बस्तर क्षेत्रका प्रहरी महानिरीक्षक पी सुन्दरराजले गरेका थिए ।

अपरेसन ब्ल्याक फरेस्टमा संलग्न भारतीय सुरक्षा अधिकारीका अनुसार केशव राव त्यहाँ छन् भनेर प्रहरीले १० दिनअघि सूचना पाएको थियो ।

बसबराजु पार्टीको महासचिवसँगै सैन्य फाँटको पनि प्रमुख थिए । सैनिक तालिम दिन, विस्फोटक र बारुदी सुरुङ निर्माणमा उनी विशेषज्ञ मानिन्थे । रावले आफ्नो टोलीलाई अत्याधुनिक हात हतियारयुक्त बनाएका थिए ।

भारत सरकारले केशव राव सहित माओवादीको केन्द्रीय कमिटी र पोलिट्ब्यूरो सदस्यहरुको टाउकोको मूल्य एक करोड रुपैयाँ तोकेको थियो ।

केशव राव अर्थात् बसबराजु पार्टीको नेतृत्वमा आएको ७ वर्ष मात्र भयो । केशव रावको जन्म हैदरावाददेखि ७२० किलोमिटर टाढाको एक गाउँमा भएको हो । शिक्षकका छोरा उनी सानैदेखि पढ्नमा चलाख थिए ।

हाइस्कुल र इन्टरमिडियट पढाइ पूरा गरेपछि केशव रावले इन्जिनियरिङमा बी टेकको पढाइ सुरु गरेका थिए । त्यसपछि उनी विद्यार्थी संगठनमा आवद्ध भए भने राजनीतिक र सामाजिक आन्दोलनहरुमा सक्रिय हुन थाले ।

प्रहरीमा उनीविरुद्ध उजुरी पर्न थाले । केशव राव एम टेकमा भर्ना त भए, तर उनको अधिकांश समय राजनीतिक गतिविधिहरुमा बित्थ्यो ।

प्रकाशित मिति : ४ जेठ २०८२, आइतबार  १० : ५९ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले