जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ : नेम्बाङ | Khabarhub Khabarhub

जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुन्छ : नेम्बाङ


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली जनताको आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् ।

चार वर्षअघि जारी गरिएको संविधानमा संशोधन नहुने भनेर कहीँकतै नराखिएकाले जनताको जनमत लिएर संशोधन गर्न सकिने उनको भनाइ थियो ।

नेपाल कम्युनिष्ट पार्टी स्थानीय तह विभाग इलामद्वारा जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन आयोजित कार्यक्रममा नेता नेम्वाङले संविधान संशोधनका लागि जनताको जनमत आवश्यक पर्ने बताए ।

“बहुदलीय प्रतिपस्र्धामा विश्वास राख्ने दलहरुले निर्वाचनमार्फत जनताबाट संशोधनका लागि आवश्यक पर्ने जनमत लिएर जसले पनि संशोधन गर्न सक्छ”, उनले भने, “जनतामाझ संशोधनको मुद्दा लिएर निर्वाचनमा जान र संशोधनका लागि आवश्यक पर्ने मत आएमा संशोधन गर्न कसैले रोक्दैन ।”

संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेता नेम्वाङले संविधान कार्यान्वयनका पक्षमा सरकारले तीव्रगतिमा काम गरिरहेको र आवश्यक ऐन कानून बनिसकेकाले अब विकास र समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे । “सरकारले आवश्यक कानून निर्माण गरी काम गर्ने बाटो र आधार तयार गरेको छ”, उनले भने, “नेकपाको सरकारले अब ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्यमा तीव्रगतिमा अघि बढ्नेछ ।”

नेता नेम्वाङले सङ्घीय र प्रदेश सरकारको काम कारवाहीलाई सहयोग गर्दै स्थानीय सरकारका जनप्रतिनिधि अघि बढ्नुपर्ने उल्लेख गर्दै स्थानीय सरकार जनतालाई सेवा दिने तह भएकाले जनमुखी र छिटोछरितो सेवा दिएर परिवर्तनको आभाष दिन जनप्रतिनिधि लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : १८ बजे

ओलीले राजीनामा दिनुपर्ने सांसद सापकोटाको माग

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी

एमाले निकट अखिलको माग : जिम्मेवार निकायले राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले नै जिम्मेवार निकायले

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको