मायाँटारमा यातायात पुगेपछि जीविकोपार्जन सहज « Khabarhub

मायाँटारमा यातायात पुगेपछि जीविकोपार्जन सहज


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन–  जिल्लाको पहाडी क्षेत्र मायाँटार क्षेत्रमा यातायातको पहुँच पुगेसँगै यहाँका स्थानीयलाई जीविकोपार्जनमा सहज भएको छ । अधिकांश चेपाङ्ग समुदायको बसोबास रहेको यस क्षेत्रमा सडक सञ्जालको विकास भएपछि यहाँ उत्पादित वस्तुले बजार पाउँदा स्थानीयको जीवनयापनमा सहज भएको हो ।

इच्छाकामना गाउँपालिका-२ मायाँटारका स्थानीयले उत्पादन गरेका सबै सामग्रीले यातायातको सहजतासँगै सहजरूपमा बजार पाउन सकेको हो । स्थानीय राष्ट्रिय आधारभूत विद्यालय मायाँटारका प्रधानाध्यापक पदमबहादुर प्रजा शक्तिखोर फिस्लिङ् सडक खण्ड निर्माण भएसँगै यहाँको जीवन सहज भएको बताउँछन्। 

उनले भने, ‘सडक कालोपत्र भएसँगै सवारीसाधनको समस्या नहुँदा यहाँ उत्पादित तरकारी र अन्य अन्नबालीले सहज रूपमा बजार पाएको छ ।’ यहाँ उत्पादन हुने रैथाने प्रजाति बजारसम्म पुर्‍याउन सक्ने भएपछि आयआर्जन बढेको छ । उनले भने, ‘पहिला बोकेर बजारसम्म पुर्‍याउनु पथ्र्यो । अहिले गाडीमा हालेर पठाउने गर्छौँ ।’

यहाँ अहिले पाँचवटा बोलेरो सञ्चालनमा रहेका छन् । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ती बोलेरो सञ्चालन हुँदा यहाँको उत्पादन फिस्लिङ् बजारदेखि चितवनको शक्तिखोर, रत्ननगरको टाँडी बजार लगायतमा पुग्ने गरेको उनले बताए। अहिले यहाँका बासिन्दाले निगुरो र काफल बेचेरसमेत कमाउने गरेको उनले सुनाए।

वडा सदस्य एकबहादुर गुरूङका अनुसार यहाँबाट चल्ने बोलेरोले यहाँका जनतालाई सेवा दिँदै आएका छन् । यातायातको सहजतासँगै यस स्थानमा घरबास कार्यक्रमले पनि यहाँको जीवनस्तरलाईमाथि उठाउन सहज भएको उनले बताए।

 उनले भने, ‘यहाँ सञ्चालनमा रहेका घरबास (होम स्टे)मा गर्मी छल्नका लागि पर्यटक आउने उपयुक्त स्थान बनेको छ ।’

बोलेरो चालक रमित चेपाङ् बिहानदेखि बेलुकासम्म जुनसुकै समयमा पनि यहाँका बासिन्दाको सेवामा बोलेरो तयार रहने गरेको बताउँछन्। उनले भने, ‘पहिला पहिला यहाँ उत्पादित थोरै वस्तु बजारमा पुर्‍याउन कठिन हुने गरेको थियो । अहिले त्यो समस्या छैन ।’

गाउँ-गाउँमा पुगेर यहाँका उत्पादनलाई बजारसम्म पुर्‍याउने काम आफूहरूले गर्दै आएको उनको भनाइ छ । 

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ पहाडी क्षेत्रमा सडक सञ्जाल पुर्‍याउन लागिपरेको बताए। उनले भने, ‘चेपाङ समुदायको जीवनस्तरमाथि उठाउन यातायातसँगै, पर्यटन, कृषि क्षेत्र प्रवर्द्धनमा हामी लागेका छौँं ।’ घरबास (होमस्टे) प्रवर्द्धनमा पनि गाउँपालिका लागिपरेको उहाँको भनाइ छ । 

सडक सञ्जालले स्थानीय उत्पादन बजार पुर्‍याउन र सहरी क्षेत्रबाट पर्यटक भित्र्याउन सहज भएको उनले बताए। 

उनले भने ‘सडक सञ्जाल यहाँका जनताको आयस्तर बढाउन निकै राम्रो भूमिका खेलेको छ ।’
 

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १२ : ४८ बजे

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र