नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा कोरोना संक्रमित बढे, भारतभर १ हजार नाघ्यो « Khabarhub

नेपालसँग सीमा जोडिएको पश्चिम बंगालमा कोरोना संक्रमित बढे, भारतभर १ हजार नाघ्यो


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यमा कोरोना भाइरसका थप बिरामी फेला परेका छन् । सोमबार अधिकारीहरुले दिएको जानकारी अनुसार राज्यमा थप ४ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

यससँगै राज्यमा कुल सक्रिय कोरोना संक्रमितको संख्या ११ पुगेको छ । बिरामीलाई सास फेर्न समस्या भइरहेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था पीटीआईले जनाएको छ ।

हाल भारतमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १ हजार नाघेको छ ।

भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल भारतमा १ हजार ९ जनामा कोरोन भाइरसका संक्रमित फेला परेका छन् । यीमध्ये अधिकांशलाई सामान्य लक्षण देखा परेको जनाइएको छ ।

सबैभन्दा धेरै दक्षिणी राज्य केरलामा संक्रमित फेला परेका छन् । समाचारमा जनाइएअनुसार केरलामा ३ सय ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । त्यसपछि महाराष्ट्रमा १ सय ५३ जना, दिल्लीमा ९९ जना, गुजरातमा ७६ जना र कर्णाटकमा ३४ जनामा कोरोना संक्रमित पुष्टि भएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ३ : ०८ बजे

एसिसी महिला प्रिमियर कप : भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।

हुलाकमार्फत घरघरमै राहदानी

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय

सबै प्रकारका विभेदको अन्त्य जरुरी : राष्ट्रपति पौडेल 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय