पोखरा विमानस्थलको ४७ प्रतिशत काम सम्पन्न « Khabarhub

पोखरा विमानस्थलको ४७ प्रतिशत काम सम्पन्न


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– अर्थमन्त्री डा युवराज खतिवडाले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा उनले विमानस्थलको कार्य प्रगतिबारे जानकारी पनि लिएका छन् ।

विमानस्थलका लागि थप जमिन अधिग्रहण, मुआब्जा वितरण र काममा आइपरेका समस्याबारे जानकारी लिँदै उनले तोकिएकै मिति भित्रमा विमानस्थल निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । मन्त्री खतिवडाले विमानस्थलको रनवे बढाउन सकिने/नसकिने, कस्ता प्रकृतिका जहाज अवतरण गर्न सक्छन् लगायतका विषयमा चासो राखेका थिए ।

सो अवसरमा मन्त्री खतिवडालाई पोखरा विमानस्थल परियोजना प्रमुख विनेशकुमार मुनाकर्मीले हालसम्म ४७ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका थिए । उनले तोकिएको मितिभन्दा छ महिना अघि नै काम सम्पन्न गर्ने गरी कार्य भइरहेको बताए ।

सन् २०२१ जुलाई १० सम्म निर्माण सक्ने अन्तिम मिति रहे पनि सन् २०२० को डिसेम्बर सम्ममा सम्पूर्ण काम सक्ने गरी काम गरिरहेको मुनाकर्मीको भनाइ थियो । विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन र ब्लास्ट प्याडको काम सम्पन्न भएको छ ।

विमानस्थलको ८५ प्रतिशत अर्थवोर्क(कटिङ र फिलिङ) सकिएको, आठ स्लाव तथा कल्र्भट र सिँचाइ च्यानलको ९५ प्रतिशत काम सकिएको बताइएको छ । टर्मिनल भवन, ह्याङ्गर, एटिसी कम्प्लेक्स भवन, एटिसी कन्ट्रोल टावर र विमानस्थल प्रवेशद्धारको काम भइरहेको मुनाकर्मीले बताए ।

विमानस्थलको चक्रपथ निर्माणका लागि आवश्यक ५९ रोपनी जमीन तथा ३४ घरटहरा अधिग्रहणको काम भइरहेको छ भने ९५ प्रतिशत मुआब्जा वितरणको काम सकिएको छ ।

कूल रु २२ अर्ब लागतमा निर्माण हुने विमानस्थलमा हालसम्म रु आठ अर्ब ५० करोड खर्च भएको छ । विमानस्थल निर्माणका लागि सन् २०१४ मा नागरिक उड्डयन प्राधिकरण र सिएएमसी इञ्जिनियरीङ कम्पनीबीच सम्झौता भएको हो । सन् २०१७ जुलाई ११ देखि निर्माण कार्य शुरु भएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ५९ बजे

सिनामंगल अन्नपूर्ण स्कुलमा पुगेर बालेनले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

रास्वपा सभापति रवि लामिछानेले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका

मतदानका लागि अन्नपूर्ण इंग्लिस स्कुल केन्द्रमा पुगे बालेन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले

देशभर बिहान ७ बजेदेखि मतदान प्रक्रिया सुरु

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन