घरविहीनलाई घर निर्माण गर्दै जैमिनी नगरपालिका | Khabarhub Khabarhub

घरविहीनलाई घर निर्माण गर्दै जैमिनी नगरपालिका


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बागलुङ – यहाँका जैमिनी नगरपालिकाका आठ घरविहीन परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको छ । सुकुम्वासी, आर्थिक अभावमा पुनःनिर्माण गर्न नसकेका र विभिन्न विपद्बाट विस्थापित परिवारलाई नगरपालिकाले घर निर्माण गरिदिएको हो ।

नगरपालिकाले सबैभन्दा पहिले सुकुम्वासी परिवारलाई जग्गा खरिद गरी घर निर्माण गरिदिएको हो । हालसम्म जैमिनी नगरपालिका–९ पैयुथन्थापका धर्मागत पाध्य, भविन्द्र थापा, वडा नं १० राङखानीकी हरिमाया थापा, वडा नं ४ सर्कुवाकी देउरूपा सार्की, जैमिनी वडा नं ८ छिस्तीकी नरवदी पुन घर्ती, वडा नं ८ छिस्तीका सन्तबहादुर विक, जैमिनी वडा नं ३ उपल्लो दमेकका गिरीबहादुर परियार र तुलबहादुर घर्तीको घर निर्माण गरेको इञ्जिनियर विवेक सापकोटाले जानकारी दिए ।

सुकुम्वासीको घर निर्माणका लागि रु तीन लाख, विपद्बाट क्षति भएर घरविहीन भएका परिवारलाई रु दुई लाख ५० हजार र आर्थिक अभाव कमजोर भई पुनःनिर्माण गर्न नसकेका परिवारलाई रु दुई लाख उपलब्ध गराउने सापकोटाको भनाइ छ । हालसम्म आठ घर निर्माण गरी हस्तान्तरण गरिसकेको र अझै पाँच वटा घर निर्माणाधीन रहेको सापकोटाले बताए ।

नगरपालिकाले १३ सुकुम्वासी, विपद्बाट क्षति घरविहीन भएका १२ परिवार र आर्थिक अभाव कमजोर भई पुनःनिर्माण गर्न नसकेका ४१ परिवारको घर निर्माण गरिदिने जनाएको छ । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले घरविहीन परिवारलाई पहिलो प्राथमिकतामा राखेर आवस निर्माण गरिरहेको बताए ।

तीन पुस्तासम्म घर नभएकालाई नगरपालिकाले पहिलो चरणमा बनाइ दिएको, विपद् र आर्थिक अभावका कारण पुनःनिर्माण गर्न नसकि अरूको घरमा आश्रय लिएकालाई दोस्रो चरणमा आवास निर्माण गरिदिने उनको भनाइ छ ।

उपप्रमुख शर्माले भने, “कोही पनि नागरिक, गास, बाँस र कपासबाट वञ्चित हुनुहुँदैन, स्थानीय सरकारले स्रोतसाधानले भ्याएसम्म उनीहरुका लागि काम गरिरहेको छ ।”लामो समयदेखि अरुको घरमा आश्रय लिँदै आउनुभएका जैमिनी नगरपालिका–८का सन्तबहादुर कामीले नयाँ घर पाएपछि खुसी व्यक्त गरे ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  ८ : ४१ बजे

करण केसीको विष्फोटक ब्याटिङमा नेपालको रोमाञ्चक जित

काठमाडौं – करण केसीको विष्फोटक ब्याटिङमा नेपालले आईसीसी क्रिकेट विश्वकप

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

गण्डकी – पोखरा पर्यटन परिषद्ले फेवातालको सीमाङ्कनका नाममा दीर्घकालीन योजनाबिना

धर्मरायो नेपालको ब्याटिङ, दीपेन्द्र पनि आउट

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय सिरिजको

दीर्घरोगीलाई मासिक एक हजार जीविकोपार्जन भत्ता

गुल्मी – गुल्मी छत्रकोट गाउँपालिकाले दीर्घरोगी बिरामीहरुलाई मासिक रु एक

राजावादीले भोलि सिफल चौरमा आन्दोलन गर्ने

काठमाडौं – संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौंको सिफल चौरमा प्रदर्शन