पाल्हीनन्दका किसानलाई धानको बीउ वितरण | Khabarhub Khabarhub

पाल्हीनन्दका किसानलाई धानको बीउ वितरण


१२ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरेको छ ।

प्रतिकिलो रु ४५ को दरले किसानलाई धानको बीउ वितरण गरिरहेको पाल्हीनन्दन–६ निवासी बन्धु यादवले जानकारी दिए । यही जेठ २ गतेदेखि गाउँपालिकाले हर्दीनाथ, बहुगुडी, साभा एक नामक धानको बीउ ३८० किसानलाई वितरण गरिसकेको गाउँपालिकाका कृषि शाखा अधिकृत पशुपतिनाथ चौधरीले बताए ।

उनका अनुसार हर्दीनाथ मध्यम–खेतमा र बहुगुडी, साभा धान खाला खेतमा उत्पादन हुने धान हो । भारतबाट धानको बीउ ल्याउदा महँगो पर्ने र बीउ राम्रो नहुने, उत्पादन कम हुने र प्रहरीले रोक्ने गुनासो आएपछि गाउँपालिकाले किसानको समस्यालाई मध्यनजर गर्दै धानको बीउ वितरण सुरु गरेको कृषि शाखा अधिकृत चौधरीको भनाइ छ ।

धानमा कुनै समस्या आयो वा उत्पादन भएन भने बुद्ध सिड कम्पनीसँग कानुन बमोजिम किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ । रु पाँच लाख किसानको र पाँच लाख गाउँपालिकाको गरी रु १० लाख बराबरको धानको बीउ वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ।

नागरिकता र लालपुर्जाको प्रतिलिपी लिएर आउने किसानलाई धानको विउ वितरण गरिरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । गत वर्ष पनि गाउँपालिकाले किसानलाई धानको बीउ वितरण गरेको थियो ।

प्रकाशित मिति : १२ जेठ २०८२, सोमबार  १० : १२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’