फागुन २५ मा ‘धरान रन’ हुने « Khabarhub

फागुन २५ मा ‘धरान रन’ हुने


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–विगत ७ वर्षदेखि नियमित हुँदै आएको ‘धरान रन’ यस वर्ष फागुन २५ गते हुने भएको छ । १० किलोमिटर लामो दूरीको दौड धरानको तीनकुनेस्थित श्रीजंगा शालिकबाट शुरु हुने आयोजकले जनाएको छ ।

नेवा च्यारिटी धरानको आयोजना तथा इन्टरटेनमेन्ट प्रालीको व्यवस्थापनमा हुने कार्यक्रम यो वर्ष ५ हजार सहभागी पुग्ने अपेक्षा गरिएको छ । उद्घाटनका क्रममा पहिलो कार्यक्रममा २५ जनामात्र सहभागी रहेको आयोजक सदस्य सन्तोष राईले बताए ।

कार्यक्रममा सहभागि हुन दर्ता शुल्क तिर्नुपर्ने व्यवस्था आयोजकले गरेको छ । सहभागी शुल्क र प्रायोजकबाट प्राप्त रकम व्यवस्थापनको खर्च कटाएर सामाजिक कार्यमा परिचालन गरिने राईले बताए ।

धरान रन कार्यक्रमलाई आरती स्ट्रिप्स प्राली, प्रभु बैंक, यति फलोरिङ्ग, नेपाल टेलिकम लगायतले प्रायोजन गरेका छन्।

धरानमा हाल प्रत्येक साता सबै उमेर समुहका ३ देखि ४ सयको हाराहारीमा दौडमा सहभागी हुन्छन । धरान रनकै पहल र उत्प्रेरणाले झापाको दमकमा ‘दमक रन’, भोजपुरमा ‘भोजपुर रन’ र पोखरामा ‘बी १३ रन’ पनि शुरु भइसकेको छ ।

संस्थासंग आबद्ध १ सय भन्दा बढी स्वयंसेवकले धरानमा जनचेतनामुखी अभियान र सामाजिक सेवामा लागिरहेका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : ३९ बजे

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया