चाडपर्वमा दुर्घटना कम गर्न ‘नो ओभरटेक जोन’ घोषणा | Khabarhub Khabarhub

चाडपर्वमा दुर्घटना कम गर्न ‘नो ओभरटेक जोन’ घोषणा


५ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-चाडपर्वलाई लक्षित गरी सवारी दुर्घटना कम गर्ने उपाय अबलम्बन थालिएको छ ।

नेपालीले मनाउने दशैं, तिहार‍, छटजस्ता महत्वपूर्ण चार्डका समयमा राजधानी काठमाडौंबाट बाहिरिने यात्रुको चाप र सवारी चापलाई ध्यान गर्दै सडक सुरक्षासहित ‘नो ओभरटेक जोन’ सम्मका योजना ल्याइएको छ ।

चाडपर्वको समयमा सवारी साधनको चाप अत्यधिक हुने तर तुलनात्मक रूपमा साँघुरो भएको हुनाले त्रिभुवन राजपथको नौबिसे–नागढुङ्गा सडकखण्डलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिए ।

यो खण्डमा भत्किएको सडक तत्काल चौडा बनाउन सम्भव नदेखिएको हुनाले ‘नो ओभरटेक जोन’ घोषणा गरिएको उनले बताए ।

त्यसैगरी त्रिभुवन राजपथअन्तर्गतको खानीखोलासम्म राति ९ बजे मात्र पुग्ने गरी काठमाडौँ भित्रिने ग्यास बुलेट, लामा भारी सामान बोकेका लरी, टिपरलगायतका भारी सवारी साधनलाई निर्देशन दिइएको जानकारी पनि प्रजिअ तामाङले बताए ।

काठमाडौँबाट बाहिरिने सवारी साधनहरू राति ९ बजेसम्म राजपथको सो खण्ड पार गरिसक्ने गरी व्यवस्था मिलाएकाले सो खण्डमा जाम नहोस् भनेर काठमाडौँ भित्रिने भारी सवारी साधनलाई निर्देशन दिइएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ६ : ५४ बजे

सामाजिक सञ्जालको प्रतिबन्ध हट्यो, ओली असन्तुष्ट

काठमाडौं – सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध

जेनजी आन्दोलन : आज हुने भनिएको नेपाल र बंगलादेशबीचको खेल स्थगित

काठमाडौं – नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित

जेनजी आन्दोलनः ट्रमा सेन्टरमा आठको मृत्यु, पाँच जनाको पहिचान खुल्यो

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल भदौ २४ गते मंगलबार। आश्मिन

बिहान ५ बजेसम्म काठमाडौंमा कर्फ्यू निरन्तर

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यूको समय बढाएको छ